Saturday 10th October 2026

नुवाकोटमा जनप्रतिनीधिबाटै असुरक्षित भएपछि प्रहरीमा जाहेरी


तितोपाटी – नेपाली कांग्रेस नुवाकोटका एक जना नेता रक्सीले मातेर जनताको घरमा ढुंगामुढा गर्न पुगेपछि प्रहरीमा जाेहरी परेको छ । विदुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका कांग्रेस नेता बद्री प्रासद रिमाल गत शुक्रबार रक्सीले मातेर एक जना सर्वसाधरणको घरमा ढुंगा हान्न पुगे पछि पीडितले प्रहरीमा जाहेरी हालेको बुझिएको छ ।

मदिराले मात्तिएका उनी मध्यरातको ११ बजे घर लडाउने भन्दै ढुंगामुढामा उत्रिएका हुन । उनको हर्कतको बारेमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शुक्रबार किटानी जाहेरी नै परेको छ ।  विदुर नगरपालिक वडा नम्बर ५ मा रहेको ४३ वर्षीय भवानी घिमिरेको घरमा उनी गत शुक्रबार राति मध्यरातमा ११ बजे घर भत्काउछु भन्दै पुगेका हुन ।

घिमिरेको परिवारले शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएर पत्रकार सम्मेलन मार्फत घटनाविवरण सार्वजनिक गरेका छन । अर्को वडामा गएर रक्सी खाएर वितण्डा मच्चाउने वडा अध्यक्षको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  अध्यक्ष रिमाललाइ मध्यरातमै अर्काको घरमा ढुंगामुढा गरिरहेको अवस्थामा स्थानीय प्रहरीले उद्धार गरेको थियो । जुन कुरा भिडियोमै प्रष्ट देख्न सकिन्छ । पीडित घिमिरेको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी वडा अध्यक्ष रिमाललाइ कारबाही गर्न माग गरेका छन ।

  

-दैनिकीबाट


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...