निरुमाया खड्का – नारी बिना संसार चलेकाे छैन तर पनि हाम्राे समाजमा किन भेदभाव गरिन्छ? जब एउटी अामाले पेट बाेक्छ,त्यसपछि ३/४ महिना गर्भ मै छाेरा छ कि छाेरी भनेर चेकजाँच गरिन्छ, त्येसपछि छाेरी छ भन्ने बित्तिकै क्युरेट गर्छन र छाेरा भए जन्म दिन्छन् । यदि अकल झुकलमा छाेरीकाे जन्म भयाे भने पनि जुनदिन नारीले संसार देख्छ अनि गाँउलेहरुले साेध्ने गर्छन फलानाे काे के भयाे..? छाेरी जन्मेकाे खबर पाउने बित्तिकै एकअर्काकाे घर जाने जात,पाे.भनेर त्यतिखेरबाट नै हामि हेपिन थाल्छाैँ। त्यति मात्र कहाँ हाे र अझ छाेरिलाई जन्म दिने जुन अामा हुन्छ त्यसले त्याे बेला स्याहार सुसार र सम्मान त परै जाअाेस् हरेक तनाव भाेग्नु पर्ने हुन्छ।
त्याे सानी अवाेध बालिका बिस्तारै हुर्किदै जान्छे । ३/४ बर्ष पूरा भएपछि स्कुल जाने समय हुन्छ तब छाेरीलाई पढाएर के काम भन्ने हाम्राे समाजका मान्छेहरुले सर्वप्रथम त स्कुल नपठाउँने र पठाए पनि छाेरा र छाेरीलाई फरक ब्यवहार गर्ने गरेकाे छ। त्यहि काेखबाट जन्मेकाे छाेरालाई खुसिका साथ स्कुल पठाउँछन् र स्कुलबाट अाएर खाजा खाएपछि फेरि ट्युसन पठाईन्छ भने छाेरीलाई सानैबाट घरकाे काममा लगाईन्छ ।
ठुलाे हुदै जान्छन, १५/१६ वर्ष पछि छाेराले एस. एल. सि.पास गरेपछि अब के पढाउने भन्ने घर सल्लाह हुन्छ भने हामी छाेरीलाई अब कसकाे घर पठाउने भन्ने सल्लाह हुन्छ। याे संसारकाे रित पनि कस्ताे अचम्मकाे छ । उहीअामाकाे काेखबाट जन्म भएका छाेराछाेरी कति भेदभाव हुन्छ, अाखिर किन हाेला..? नचाहँदा नचाहँदै अर्काकाे घर जान बाध्य हुनुपर्छ। यदि छिटाे बिहे भएन भने माईतीमा २०/२२ वर्ष उमेर भयाे भने अामा बुवालाई अफ्ठेराे त हुन्छ नै समाजले पनि फलानाेकी छाेरी बुढिकन्याँ भैसकी, अहिले सम्म किन बसेकी हाेला अब कसले लान्छ भनेर समाजले नानाथरी कुरा काट्न थाल्छन् ।
बिहे गरेर अर्काकाे जब गईन्छ तब हरेक घरायसी कामधन्दा देखि लिएर सासु ससुराकाे सम्मानदेखि देवर, नन्द, छाेराछाेरी, सबैलाई हेर्नपर्ने, रातदिन उनीहरुकाे सेवा मै समय जान्छ । न त नारीले बाहिर समाज बुझ्न पाउँछ न त नारीले सुख नै । रातदिन श्रीमान ज्युकाे कचकच, सासू ससुराकाे वचन, बालबच्चाहरुकाे स्याहार, सुसार, घरकाे धन्दा, चुलाे चाैकाे गर्दा गर्दै उसकाे जिन्दगी टुङ्गिएकाे थाहै हुदैन।
कतिपय नारीहरुकाे जीवन यसरी खेर जान्छ भने कतिपय नारीहरुकाे दु:खकाे अर्काे कारण अझै बढि पीडाहरु खप्न परेकाे र अहिलेकाे समय सन्दर्भमा हाम्राे देशमा नारी जन्मिएर अलि के हुर्किन्छ माईतीकाे अाँगनमा अाफ्नाे ईछ्या अनुसार छमछमि खेल्ने,खाने र अामाबुवालाई राेएर माग पूरा गर्नु बाहेक जसलाई अरु केही ज्ञान नै हुदैन, त्यस्ता अबाेध बालिकाहरु कलिलाे उमेर मै केही समाजका कुलङ्गार,अपराधि, याैन पिपासुहरुकाे सिकार हुनुपरेकाे छ। त्यहि अामाकाे काेखबाट संसार देखेकाे त्याे कसैकाे दाजु,कसैकाे भाइ, कसैकाे छाेरा, हुँ भन्ने सबै बिर्सिन्छ र अरुकाे चेलि माथि गिद्देनजरले हेर्छ उसले यतिसम्म पनि बिर्सिन्छ म पनि यहि नारिकाे काेखबाट जन्म लिएकाे हुँ भनेर अाफ्नाे मानवतालाई बिर्सिदै उसले एउटि नारिकाे जीवन बर्बाद गर्न पुग्छ ।
छाेरा हाेस् अथवा छाेरि जन्म लिएर संसार देखिसकेपछि उसकाे बाँच्न पाँउने अाफ्नाे अधिकार बराबर हुन्छ। त्याे अधिकार मानवता हराएका केहि बेक्तिहरुबाटै खाेसिन्छ। अखिर सबै मान्छे नै हुन के छाेरा के छाेरि हाम्राे समाज जति परिवर्तन हुदै गयाे त्यति नै हामि छाेरि मान्छेहरुले झन दुख र पीडा भाेग्नु परेकाे छ।
अहिले तत्काल नेपालकाे स्थिति बुझ्दा,भन्नुपर्दा देशमा नारि नै राष्ट्रपति भयकाे बेला देशका हरेक जिल्ला, हरेक प्रदेशमा खपि नसक्नु पीडा नारीले नै भाेगिरहेका छन् ठाउँ ठाँउमा बलात्कृत भएका छन। केहिदिन अगाडि ललितपुरमा जेठाजुले भाइ बुहारीकाे विभत्स हत्या गरे, कतै दाईजाे अाएन भनेर कुटपिट गरि मारिएका छन् हिजाे अस्ति मात्र कञ्चन्पुर महेन्द्रनगरकाे बिच सडकमा महिलालाई कुटपिट गरेकाे खबर तात्तै छ,यसैगरि हरेक ठाँउमा कयाैँ नारीहरुले बिना कारण अन्याय अत्याचार सहने देखि ज्यान समेत गुमाउन परेकाे छ ।
हाम्राे परम्परा अनुसार मैनावारी हुँदा गाेठमा बस्नुपर्ने भएकाेले पनि कतिपय नारीहरुकाे कतै अागलागि, कतै सर्पकाे टाेकाई र कतै त्यहि माैका पारी पापीहरुकाे बलात्कारबाट ज्यान गुमाउनु परेकाे छ। हाम्राे देशमा छाउपडी प्रथा हटाउने कानुन अाएकाे धेरै भैसक्याे । कतै लागू छ भने केही ठाँउहरुमा अहिले पनि गाेठमा बस्नुकाे कारणले नारिहरुकाे हक अधिकार हनन् गरिएकाे छ। यस्ता धेरै कारणहरुले कयाैँ नारिहरुले ज्यान गुमाउन र दुख सहन परेकाे छ । अब अागामि दिनहरुमा महिलाहरुले हत्या, हिंसा, अन्याय,अत्याचार जस्ता पीडा भाेग्न नपराेस् यस्ता अपराध गर्ने जाे काेहि हाेस कानुनकाे कटघरामा उभ्याई कडा भन्दा कडा सजाय दिईयाेस् र हामी महिलाहरुले पाउने सम्पुर्ण हक अधिकार पुर्ण रुपमा लागु गरियाेस् ।