Friday 17th January 2025

विप्लव समुहले राजधानीमै धावा बोल्यो, ४ कम्पनी खडा गरेको खुलासा


तितोपाटी – सरकारले गत फागुनमा नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेकपालाइ  प्रतिबन्धको घोषणा गरेपछि क्रुद्ध भएको चन्द समूहले हिँजो राजधानीमा श्रृंखलावद्ध विस्फोट गराएपछि संघीय राजधानी काठमाण्डाैंलाइ नै उसले पहिलो निशाना बनाएको स्पष्ट भएको छ । सोमबार पनि मुलुकका विभिन्न स्थानमा बम भेटिनु र सवारीसाधनमा आगजनी भएपछि यसले सर्वसाधारणमा भय सिर्जना गराएको छ ।

यसै बिच गृहमन्त्री राम बहादुर थापा ‘वादल’ ले संघीय संसद प्रतिनिधिसभा बैठकलाइ सम्बोधन गर्दै ’ ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसेनाको रुपमा चारवटा कम्पनी निर्माण गरिसकेको सरकारी खुलासा गरेपछि विप्लव समूहको मुख्य निशानामा यतिबेला राजधानी उपत्यका रहेको पुष्टि भएको छ । गृहमन्त्री थापाले केही समयदेखि यता विप्लव नेतृत्वको नेकपा संविधान, राज्यव्यवस्था विरुद्ध र शान्ति विरोधी गतिवधि गर्दै आएकाो र यो गतिविधिको लागि नेकपाको नामको पार्टी गठन गरेका आरोप लगाए । नेकपाले सशस्त्र र गैरकानूनी गतिविधि सञ्चालन गर्दै आएको बताउँदै थापाले निर्वाचनको बेलादेखि शुरु भएको गतिविधिको निरन्तरता अहिलेसम्म देखिएको बताए । उनले हिजो र आज देशभर आगजानी र विस्फोटका घटनाहरु भएको पनि बताए । आइतबार भएको विस्फोटमा हालसम्म चार जनाको मृत्यु भएको झण्डै आधा दर्जन घाइते भएको पनि गृहमन्त्री थापाले जानकारी दिए । मृत्यु हुने सबै विप्लवको संगठनसँग सम्बन्धित व्यक्ति रहेको र घाइते पनि अधिकांश सोही समूह रहेको बताए ।

उता नेत्रविक्रम चन्द समूहले मुलुकभर भएका विस्फोटनको जिम्मा लिदै सरकार नागरिक स्वतन्त्रता, वाक स्वतन्त्रता र मानवअधिकारका विषयमा निरंकुश बन्दै गइरहेको भन्दै त्यस विरुद्ध आफ्नो पार्टीले सङ्घर्ष जारी राख्ने उल्लेख गरेको छ ।
सोमबार उक्त समूहका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारले गैरकानुनी, गैरराजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको गरेको आरोप लगाएका छन् ।

सरकारी दमन, गिरफ्तार, झुटा मुद्दा र हत्याले इतिहासमा कहिल्यै जनताको मुक्तिको आन्दोलन नरोकिने विज्ञप्तिमा उल्लेख छ । चन्दले यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार नेता/कार्यकर्ताहरूलाई बिना सर्त स-सम्मान रिहा गर्न जोडदार माग गरेको छ । कार्यकर्ता रिहा नगरे सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैँ हुनुपर्ने चेतावनीसमेत दिएका छन् । साथै, आइतबार बम विस्फोटनमा मृत्यु भएका तीन जना आफ्नो पार्टी कार्यकर्ता भएको विज्ञप्तिमा उल्लेख छ ।

हिँजो आइतबार बुढानिलकण्ठ नगरपालिका–४ सुकेधाराको ढलाने पुल नजिक जस्ताले छाएको एक तले घरमा रहेको महोत्तरी घर भएका जिव कुमार ठाकुरको पसलभित्रको कोठामा बम विस्फोट भएको थियो । घटनामा एक पुरुषको घटनास्थालमा नै र घाइते ६ मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने घाइतेहरुमा कपन घर बताउने हरि खड्का, सुरेन्द्र महर्जन र एक जना नाम नखुलेका व्यक्ति रहेका छन् । घटनामा सैलुन पसलमा काम गर्ने छोटु ठाकुरको वीर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसै गरि घट्टेकुलोमा भएको विस्फोटमा बझाङका २७ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो भने घटनामा घाइते भएका रुकुम जिल्लाका २६ वर्षीय रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, आइतबार साँझ नै चन्द्रागिरी–३ मा भएको विस्फोटमा थानकोट वृत्तले मोटरसाइकलमा प्रेसर कुकरको टुक्रासहित घाइते दुई जनालाई फेला पारेको थियो भने घाइते हुनेमा ललितपुरका ३० बुद्ध लामा र विक्रम लामा रहेका छन् । बुद्धको वीर अस्पताल र विक्रम लामाको शहीद स्मारक अस्पतालमा कलंकीमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।नेपाल राष्ट्र…

दुई दिन पहिले मात्र ईजरायल हमास बिच युद्ध विराम संझौता भए पनि ईजरायल ले गाजामा आफ्नै हवाई आक्रमण झन तिब्र…

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने 'सोनाम ल्होछार २८६१' को अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमको…

प्रतिकृयाहरू
...