कृष्ण भण्डारी – हाम्रो देश नेपाल १२५ जातजाति र १२६ भाषा भाषि बोल्ने साझा फुलबारी नेपाल विभिन्न जातजाति भेषभुषा लिङ धर्म र संस्कार विविधता मा एकता भएको नेपाल, सम्पुर्ण नेपालीहरुको भावनात्मक एकता जोड्दै समृध्द नेपाल बनाउने बाबुरामको पहिलो खुट्किलो नै राजनितिक परिवर्तन थियो ।जहाँ भाषा धर्म र संस्कार फरक छ तर राजनितिक रुपमा राज्यबाट नै पछि पारिएको महसुस गर्दै मधेशी आदिवासी ,जनजाति ,थारु , मुस्लिम ,दलित , अल्पसङ्ख्यक , लगायत सामाजिक विकृती बिरुद धेरै ठुला ठुला हिंसात्मक आन्दोलनहरु भए जसको कारण थियो अधिकारको अत्याभुति गर्ने । एउटा शान्त र समृध्द घरपरिवार निर्माण गर्न जसको एउटै घरको छानोमुनी कोठा कोठा छुट्टाईएको हुन्छ ,त्यस्तै सङ्घियता पनि कल्पना गर्नुस त एउटा घरमा कोठा कोठा नछुट्टाई बस्ने हो भने परिवार कति अशान्त रहन्छ र कलह हुन्छ। देश पनि त्यस्तै हो विविधतामा एकता जोड्न सङ्घियता चाहिएको हो ।
बिकास र समृध्दिको मुख्य पर्यावाचिक शब्द नै शान्ति हो।जुन देशमा तिव्र गतिको विकाश हुन्छ त्यहा शान्ती रहेको हुन्छ।देश र जनतालाई शान्ति दिन उनीहरुको भावनाको क़दर गर्नु पर्ने दायित्व राज्यको हुन्छ।राज्यले कसैलाई ठुलो र सानो व्यवहार गर्नाले नै भावनात्मक एकता हुन गाह्रो पर्दछ ।
मधेश र तराईमा अधिकारको लड़ाई लडिरहेका अशोक राई ,उप्रेन्द यादव जस्ता अग्रगामी र क्षेत्रिय राजनितिक पार्टीहरुलाई एकाएक राष्ट्रीय राजनितिक ल्याउनु कति सम्म गाह्रो काम थियो ।दिगो विकास गर्न सम्पुर्ण आम नेपालीबासीको भावनात्मक एकता जोड्न अति आवश्यक ठानेर नै बाबुरामले उप्रेन्द्र यादवका मुद्धाहरुलाई साझा एजेण्डा बनाएर मधेश रुदा पाहाड र हिमाल पनि रुन्छ भन्ने एउटा भावनात्मक एकता जोड्न सफल भएका छन।बाबुरामको एकताले मधेश र मधेशीलाई हेर्ने कुदृष्टिमा थोरै भए पनि परिवर्तन आउने छ।आफ्ना समर्थक र पार्टी छाड्ने संख्या घट्ने बुझ्दा बुझ्दै पनि बाबुरामले मधेशी नेताहरुलाई राष्ट्रीय राजनितिकमा जोड्न सफल भए।लोकप्रियताको मत भन्दा यथार्थताको राजनितिक गर्नु पर्छ भन्ने भएका बाबुराम सधै नेपाली राजनितिमा नयापन दिनको लागि सदैव तत्पर रहेको देखिन्छ! डा. बाबुराम को दुर्दर्शिताले नेपाल मा रहेको सम्पुर्ण जातजाति , भासाभासि लाई जोडेर सप्तरङ्गि इन्द्रेनी रास्ट्र बनाउनु पर्छ नै भनेर नेपालको सम्बिधान सङ्ग रहेको असन्तुष्ट पक्ष सङ्ग एकता गरेर एकताको सन्देश दिन खोजेको हो र यहि नै वर्तमान नेपालको आवश्यकता पनि हो ।
मधेशका ब्यापारि पाहाड र हिमाल गएर खुल्ला रुपमा व्यापार व्यवसाय गर्न सक्ने भएको छ।मधेशका नेता उप्रेन्द्र यादव पाहाड र हिमाल गएर आफ्ना भावनाहरु पोख्न पाएका छन ।भौगोलिक रुपमा हिमाल पाहाड र तराईमा विविधता भएको देशमा भावनात्मक रुपमा एकता गर्ने काम बाबुराम र उप्रेन्द यादवको एकताले गरिदिएको छ।देश भौतिक संरचनाको विकाशले मात्र देश विकसित हुने होईन त्यहा बस्ने जनताका भावनामा पनि एकता हुनु जरुरी छ।मानिस जति सम्पन्न हुदै जान्छ त्यती नै बढी स्वतन्त्रता र अधिकारका कुराहरु महसुस गर्दै जान्छ।त्यस्तै हो नेपालको अधिकारको आन्दोलन पनि राणा र पन्चको बेला बोल्न नसक्ने जनता आज खुलेआम आफ्ना अधिकारका कुराहरु उठाउने सक्ने भएका छन।
सविधानसभाबाट डा.बाबुराम कै नेतृत्वमा सविधान जारी गरे लगतै बाबुरामले सविधान आधा गिलास पानी झै भएको जनाएका थिए।किनकी सविधान नै बनाउन नदिने एउटा अतिवाद सोचको जमातको बाहुल्यता धेरै थियो दास्रो सविधानसभामा । १० वर्षे क्रान्ति हजारौ शहिदको रगतले बन्न लागेको सविधान त्यसै बिघटन हुन दिनुहुदैन भन्ने सोचका साथ नै बाबुराम र प्रचण्डले आफ्ना धेरै मागहरु नै छाडेर आधा भएपनि सविधान बनाउनु पर्छ भन्ने अग्रगामी सोचका साथ नै सविधान निर्माण गरिदिएका थिए। भारतिय नाकाबन्दी प्रमुख कारण नै भारतिय नेताहरुले नेपाललाई हिन्दु राज्य हुनुपर्छ भन्ने अडान प्रचण्ड बाबुरामले नमानि दिएकोले भारतले नाकाबन्दी गरिदिएको थियो तर भारतको दबाब प्रचण्ड र बाबुरामले वास्ता नगर्दा अन्तिममा भारत आफै डगमगायो र नाकाबन्दी हटाईदिएको थियो।मधेशी जनताहरु केही असन्तृष्ट भएतापनि वास्तवमा भारतको स्वार्थ अर्कै थियो।सविधान जारी लगत्तै मधेशमा बलेको आगों थोरै भएपनि केन्द्रीय स्तरको नेता बाबुराम गएको शान्त र मधेशलाई दुख्दा पाहाडलाई पनि दुख्दो रहेछ भन्ने आभाष बाबुराम मधेश झरेपछि दिएका थिए।पहिलो नेता थिए बाबुराम मधेश झर्ने ।धेरैले बाबुरामलाई जनता उचाल्ने काम मात्र गर्ने नेताका रुपमा चित्रण गर्छन।एउटा राष्ट्रीयस्तरको नेता जहाँ जनताका आवाज बुलन्द् हुन्छन समस्या आउछन त्यहा गएर समाधान खोज्ने कि!विखण्डनकारीको आरोप लगाउने?जहा समस्या आउछ बाबुराम नै समाधानका पोकाहरु बोकेर जान्छन।जहा असन्तृष्टहरु देखिन्छन त्यहा मिलाउन लाग्ने कि झगडा गरेका छन गरिराखुन भन्ने सोच्ने एउटा राष्ट्रीयस्तरको नेताले?
हाल – जापान
समाजवादी पार्टी नेपालको शुभचिन्तक