Saturday 15th August 2026

एयरपोर्टबाट ८ करोड नक्कली भारू नेपाल भित्र्याउन खोज्ने युनिस अन्सारी पक्राउ


युनिसको साथमा उनका सहयोगी २ जना र नक्कली भारू ल्याउने ३ जना पाकिस्तानी नागरिक सहित ६ जना प्रकाउ

तितोपाटी – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब आठ करोड भारतीय नक्कली नोट नेपाल भित्र्याउने पटके नक्कली नोट कारोवारी युनिस अनसारी सहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार साँझ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले कतारबाट नक्कली नोट ल्याउने तीन र रिसिभ गर्न विमानस्थल पुगेका तीन गरी ६ जनालाई सार्वजनिक गरेको हो।

पटकपटक नक्कली नोट कारोबारको मुद्दा खेपेर जेलसमेत भोगेका युनिस अन्सारी शुक्रबार नक्कली नोट लिन विमानस्थल पुगेका थिए। ललितपुर महानगरपालिका १३ ताल्छीखेल बस्ने युनिस शुक्रबार बिहान ९ बजेतिर रौटहट जिल्ला रमौली बैरिया नगरपालिका १ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए। उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए। प्रहरीले युनिससहित पैसा रिसिभ गर्न विमानस्थल पुगेका तीन जनासँगै कतारबाट पैसा लिएर विमानस्थल आइपुगेका तीन पाकिस्तानीलाई पक्राउ गरेको हो।

भारतमै प्रतिबन्धित दुई हजारको भारु नोट कसरी नेपाल भित्रियो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। दोहाबाट नक्कली नोटसहित विमानस्थल झरेका पाकिस्तानी नागरिक ४९ वर्षीय मोहमद अख्तर, ३९ वर्षीय नादिया अनवर र ६७ वर्षीय नसिर उद्दिन पक्राउ परेका छन्। पाकिस्तानी नागरिकलाई विमानस्थल प्रहरी र भन्सार प्रहरीले पक्राउ गरेको हो। पैसा रिसिभ गर्न गएका तीन नेपालीलाई भने प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएको हो। प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार नक्कली नोट बरामदको विषयमा थप अनुसन्धान भइरहेको छ।

अन्सारी पटकपटक जाली नोट प्रकरणमा पक्राउ पर्दै रिहा हुँदै आएका व्यक्ति हुन्। । नक्कली नोट र लागुऔषध ओसारपसार गरेको अभियोगपछि चार वर्ष कैद सजाय काटिसकेका अन्सारी पटकपटक पक्राउ पर्दै छुटेका थिए। अन्सारी पहिलो पटक २०६५ मा त्रिपुरेश्वरबाट २५ लाख भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। नक्कली नोट कारोबारपछि जेलपर्दासमेत उनले नक्कली नोट मगाउने गरेको रहस्य खुलेको थियो। उनी कारागारमै हुँदा उनकै सेटिङमा २०६७ मा ४० लाख बढी नक्कली नोटसहित एकजना पक्राउ परेका थिए। अन्सारीमाथि २०६७ फागुन २६ गते केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो।


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...