Wednesday 29th July 2026

इनडोनेसियामा जोको विडोडो दोश्रो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित


तितोपाटी – विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो । इन्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ ।

सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए विश्वको सबैभन्दा ठूलो मुसलमान बाहुल्य रहेको इन्डोनेसियास्थित अमेरिकी राजदूतावासले उच्च सुरक्षा सतर्कताका लागि आह्वान गरेको थियो ।

जकार्तामा निर्वाचन आयोगको कार्यालय लगायत जकार्ताभर कडा सुरक्षा व्यवस्था गरिएको छ । सुरक्षाका लागि सयौंको सङ्ख्यामा सैनिक तैनाथ गरिएको थियो । यद्यपि, प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका छैनन् । उनले ५ वटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिएका छन् । यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ ।
-एएफपी


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...