Monday 19th October 2026

ताजकिस्तानमा जेल भित्र भिडन्त हुँदा ३ सुरक्षाकर्मी सहित ३२ जनाको मृत्यु


तितोपाटी – ताजकिस्तानको एक जेलमा भएको भिडन्तमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मारिएकाहरु मध्ये २४ जना इस्लामिक स्टेट्स आतंककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

ताजकिस्तानको राजधानी डुशान्बे नजिकै रहेको उक्तकारगारामा आइतबार साँझ आईएस आतंककारी समूहले सुरु गरेको झडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आईएस आतंककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...