Monday 19th October 2026

इरानलाइ ध्वस्त बनाइदिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त गरिदिने भन्दै प्रत्यक्ष रुपमा चेतावनी दिएका छन् । इरानले वार्ताको लागि तयार रहेको घोषणा गरेको भोलिपल्टै उनले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् ।

राष्ट्रपति ट्रम्प्ले भनेका छन्, ‘यदी इरान लडाइँ गर्न चाहन्छ भने, इरानको औपचारिक अन्त्य नै त्यही हुने छ । अमेरिकालाई फेरि कहिल्यै चेतावनी नदिनू !’ ट्रम्पले आइतबार यस्तो लेखेका छन् । तर उनले कस्तो चेतावनी आएको भन्ने चाहीँ खुलाएका छैनन् ।

ट्रम्पले अघिल्लो साता मात्रै इरान सकारात्मक रहेको भन्दै वार्ताको वातावरण बन्दै गरेको प्रतिक्रिया दिएका थिए । आफूहरुबीच युद्ध हुने अपेक्षा नगरेको समेत उनले बताएका थिए ।

आइतबार भने उनले अचानक कडा चेतावनी दिएका हुन् । यस्तो विरोधाभाषपूर्ण अभिव्यक्तिलाई लिएर अन्तर्राष्ट्रिय मिडियाले अनौठो समाचारको रुपमा व्याख्या गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...