Friday 9th October 2026

जिन्दगीलाई


राम बहादुर बस्नेत

मुटुको पनाभारी लेखे जिन्दगीलाई ।
हरेक प्रहार सपनीमा देखे जीन्दगीलाई ।।

गासबास को अभाब मनमा उसैको पिडा
जसोतसो समालेर राखे जिन्दगीलाई ।।

खुसी र शुखी जिबनको चाहा राखी
स्वार्थी बस्ने सहरमा बेचे जीन्दगीलाई ।।

मुटु भरि घाउवोकी सयौ खोला पार गर्दै
धेरै टाडाको क्षितिज पारी भेटे जिन्दगीलाई ।।

परिश्रम र पसिनाको सागरमा डुबी
सारंगी को तारसरी रेटे जिन्दगीलाई ।।

गुल्मी तम्घास
हालः कुबेत


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...