जय नारायण माझी थारु – सर्व प्रथम हामी के बुझौ भने राजनीति हाम्रो जिवनमा कुनै न कुनै प्रकारले समाहित भएकै हुन्छ । किन कि राजनीति बिना कुनै पनि देश र त्यस देशमा बस्ने जनता अथवा नागरिकको भविष्य निर्धारण गर्ने आधार निर्माण हुन सक्दैन । हाम्रो समान्य भन्दा समान्य अधिकारहरुलाई पनि राज्य सत्ताबाट ठोस दस्तावेज बनाएर जनताको घर दैलो सम्म ति अधिकार पुर्याउने काम होस राजनैतिक पद्धति बाट प्रत्याभुत गराउन सकिन्छ । खासमा भन्नु पर्दा राजनितिक क्षेत्र जनता र देशको लागि बिशुद्ध सेवा गर्ने उत्तम माध्यम हो । राजनैतिक विधि बाट नै देशमा विधिको शाशन, सदाचार युक्त समाज, शुसाशन , भ्रटाचर मुक्त, कानुनी राज्य स्थापना, जनतामा मौलिक अधिकारको प्रत्याभुति गराउन सक्छन, नेपालमा राजनीतिक को प्रयोग देश र जनता को सेवाभन्दा ठिक बिपरित प्रयोग भएको पाईन्छ ।
लोकतन्त्रमा सबैभन्दा बढि जिम्मावार भनेको नेतृत्वपंति नै हुन्छ । नेतृत्वपंतिले जनताप्रतिको पुर्ण जवाफदेहितो बहन गर्यो भने मात्र लोकतन्त्र सफल सावित हुन्छ , जनताको आधाभुत हकधिकार को प्रत्याभुत गराउन , जनतालाई स्वास्थ्य शिक्षा, गास,बास,कपास, शान्ति सुरक्षा, बिधिको शासन, सदाचारयुक्त समाज जनताको मौलिकतालाई संरक्षण गर्ने मुख्य अभिभारा नै नेतृत्व र राज्यसताको बागडोर सम्हालेकाहरुको कर्तव्य हुन जान्छ । त्यहि कर्तव्य बोधका साथ राजनीतिज्ञहरु राजनितिलाई बिशुद्ध समाज सेवाको भावनाले आ–आफ्नो काम कर्तव्यलाई आत्मासात गर्यो भने बल्ल जनतामा लोकतन्त्रको अभास हुन्छ ।
राजनैतिक नेतृत्व (नेता) जनताको अभिवावक जस्तै हुन । जसरी जनता हरेक प्रकारको आफ्नो मौलिक हक अधिकार बाट बन्चित हुँदा नेतृत्व(नेता)ले त्यस लाई पुर्ण तरिकाले जनतामा अधिकारको प्रत्याभुत गराउन सदैव तत्पर रहनेलाई नै नेतृत्व ( नेता) मानिन्छ । जसरी एउटा बच्चा रहेक आफ्नो सम्पुर्ण सुख सुबिधा पाउनको लागि आफ्नो अभिवाक खोज्छ्न ठिक त्यस्तै जनता पनि आफ्नो अभिभावकत्व नेतृत्वमा खोज्छन । चाहे जनतालाई नेता ( नेतृत्व ) ले कुनै पनि रुपले बेवास्ता किन नगरुन तर नेतृत्व(नेता) हरुलाई आभिवाकको रुपमा छान्ने काम जनताको हुन्छ । नेतालाई जनतालाई चाहियो भने रातो कार्पेट बिछाएर कुर्ची सम्म पुर्याउन सक्छ भने यहि जनता फोहोरको डंगुरमा मिल्काउन सक्ने निर्णय गर्ने क्षमता राख्न सक्छ ।
जनता आफ्नो अभिभावकत्व नेतृत्वलाई भिजन, स्ट्राटेजि, कन्ट्रोभर्सि, को आधार मा चुन्छन । नेताहरुको यहि आधारहरुलाई चर्चामा ल्याएर आफ्नो देश र जनताको अभिभावक खोजी गरिन्छ । नेतामा जनताको नीति, भिजन, रणनीति, कार्यशैली बुझन र बुझाउन सक्ने, आफ्नो धारणा दिन सक्ने गुण खोज्छन जनताले । गणतन्त्रमा सवै भन्दा सर्वेसर्वा जनता नै हुन्छन । जनताले चाहियो भने नेतालाई हुत्याउदै, सुम्सुम्याउदै मात्र होइन उनीहरुलाई पछ्याउने ( वाच) गर्ने काम पनि गरिरहेका हुन्छन । आफुले छानेको नेतृत्व देश र जनताको लागि कस्तो गतिबिधि, कस्तो काम गर्दैछन भनेर, लोकतन्त्रमा जनता बोलेर, लेखेर वा आफ्नो हृदयबाट मुल्याङ्कन गरिरहेका हुन्छन । जनताको मुल्यङ्कनमा थोरै अङ्क आउनु नै नेतृत्वको राजनैतिक जिवनमा खडेरी आउनु हो । यसको उदाहरण दिनुपर्दैन , हामीलाई थाहा भएकै कुरा हुन ।
हाल हाम्रो देश नेपाल एउटा सार्वभौम सम्पन्न सङ्घिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तर जनताले गणतन्त्रको मुलुकको अभास भने पट्कै पाएको छैन जस्तो लाग्छ मलाई । गन्तन्त्रको नाममा कथित राज्य सत्ता सम्हालेकाहरुको रवैया हेर्ने हो भने हाम्रो देश ठिक गणतन्त्र विपरित हिडेको जस्तो भान हुन्छ । गन्तन्त्र को नाममा नाङ्लो बजाएर हाति तर्साउने काम हुदैछ हाम्रो देशमा । देशमा समृध्दिको लागि अगाडि बढनु कहाँ हो कहाँ ? राज्य सत्ता पाएपछि आफ्नै आसेपासेलाई पोस्ने, आफ्नो सम्पुर्ण सुख सुबिधाको लागि तत्पर हुने, भ्रष्टाचार जस्तो जघन्य अपराध गर्ने लगायतको काम भैइरहेको छ भूत देखि बर्तमान सम्म हाम्रो देश मा । के यहि हो त आफ्नो देश र जनताप्रतिको नेतृत्व( नेता)को जवाफदेहिता ?