Friday 9th October 2026

कविताः अामाले दिएको अाशिर्वाद


-गगन सिंह बिष्ट

बाबु तिमी प्रदेशमा नरजर छौ नजर बन्द मलाई थाहा छ ।
लाग्नेछ मेरो माया सधै तिमीलाई सुगन्ध मलाई थाहा छ ।

आशिर्बाद छ बाबु सधै भरि यो निष्ठुरी आमाको तिमीलाई
जिबनमा मुस्कुराई रहन्छौ सधै मन्द मन्द मलाई थाहा छ ।।

मैलै नौ महिना गर्भ बोकी दुई वर्ष तिम्रो दिसा धोई पछुतो छैन
पार्ने छौ आवाज बिहिनहरुको आवाज बुलन्द मलाई थाहा छ ।।

यहि हो मेरो त्याग तिम्रो लागि तपस्या तिम्रो लागि सधै भरी
आउने छैन कहिल्यै तिम्रो लागि छन्द गन्ध द्धन्द मलाई थाहा छ ।।

बाबु खुसी हुनु सुखी हुनु जिबन भरि सधै मेरो आशिर्बाद छ ।
हुने छौ अनि भईरहने छौ जिबन भरि आनन्द मलाई थाहा छ ।

ब्यास गाउँपालिका –४, दार्चुला
हालः कुवेत


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...