Friday 9th October 2026

गजल


-हरि कंडेल

स्वार्थ लुट्नेहरुको बोलीमा मिठास हुने छ ।
साच्चै माया प्रेम यिनी हरुको खास हुने छ ।

चिनेका दुश्मनुबाट त टाढा जान सक्छौ
आफ्नो बनेर बस्ने दुश्मन आसपास हुने छ ।।

धन सम्पत्ति भनेर किन दुश्मनी बनाउछौ
थाहा छैन हाम्रो काहा अन्तिम बाँस हुने छ ।।

यहाँ करोडौंका मालिक त भिकारी हुन्छन्
धन सम्पत्ति आज छ भोली नाश हुने छ ।।

अमर हुने तिम्रो राम्रो काम मात्र हो मित्र
यो पार्थिव शरीर त एक दिन लास हुने छ ।।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...