Wednesday 29th July 2026

आइएस लडाकुद्वारा सिरियाली सत्ता समर्थक २७ जना लडाकुहरूको हत्या


तितोपाटी – इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन्। सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ।

बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घण्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चार जना सिरियाली सैनिक सहित सरकार समर्थित २७ जना लडाकूको हत्या भएको जनाएको छ । सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आइएस लडाकूले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाइएको छ ।

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले आइएसका अखडाहरु ध्वस्त भएको घोषणा गरिएपछि सत्तापक्षमाथि सबैभन्दा घातक आक्रमण भएको र ठूलो संख्यामा मानवीय क्षति भएको बताउनुभएको छ । अब्जरभेटरीका अनुसार भिडन्तमा आइएसका ६ जना लडाकूको समेत मृत्यु भएको छ ।

विशाल सिरियाली मरुभूमि राजधानी दमास्कसदेखि होम्स र हामा शहरहुँदै इराकी सीमा नजिकको युफ्रेटस उपत्यकासम्म फैलिएको छ । यो क्षेत्रमा पछिल्लो समय आइएसले आश्रयस्थल बनाएको छ । (रासस)


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...