Tuesday 28th July 2026

विद्यतुीय कारोबार ऐनको विवादास्पद दफा खारेजीको माग राखी पत्रकार महासंघ आन्दोलनमा


तितोपाटी – पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै महासंघले महासंघले आज एक प्रेस विज्ञप्ति  जारी गरि आन्दोलनको घोषणा गरेको हो ।

महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा बताइए अनुसार विद्यतुीय कारोबार ऐनको दफा ४७ र ४८ को प्राव्धानको कारण प्रेश स्वतन्त्रता उपभोगमा अवरोध भएकोले ति दफाहरू खारेज गरी पक्राउ गरिएका पत्रकारहरूको विना सर्त रिहाइको लागि आज सञ्चार माध्यममा प्रचार प्रसार गर्ने र भोली महासंघले  विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ भने थप कार्यक्रम भोली तय गर्ने महासंघले बताएको छ । यसका लागि भोली नै महासंघ केन्द्रीय समिति बैठक बोलाइएको छ । पत्रकारलाई विद्यतुीय कारोबार ऐनको उक्त दर्फा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको महासंघले जनाएको हो ।

यस अघि अस्ति बैशाख २ गते समाचार प्रकाशन गरेको विषयलाई लिएर स्थानीय बिपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले सम्पादक गिरीलाई पक्राउ गरेपछि समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्राब्धानलाई लत्याउदै पत्रकारमाथि विद्युतीय कारोबार ऐन मार्फत कारबाही अघि बढाए पछि महासंघले उक्त विषय प्रति आपत्ति जनाउँदै महासंघको ध्यानाकर्षण भएको जनाएको थियो । पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर गर्दै महासंघ सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भर्त्सना गर्दै प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्भिकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको थियो ।

जारी गरिएको प्रशे विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...