Wednesday 29th July 2026

भारतमा हावाहुरीको कारण ४० भन्दा बढीको मृत्यु


तितोपाटी – भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहुरीसँगै भीषण वर्षा भएको हो। हावाहुरी र वर्षाले बिद्युतका पोलहरु ढलेका छन्।

हावाहुरीको असर गुजरात, राजस्थान र मध्यप्रदेशमा बढी परेको छ। यि राज्यमा मात्रै ३४ जनाको मृत्यु भएको छ। भारतीय मौसम विभागले बिहीबारसम्म मौसम यस्तै रहने जनाएको छ।

यता प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित सबै राज्यमा उद्दार कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन्। उनले ट्वीटरमार्फत मृतकका परिवारलाई २ लाख र घाइतेलाई प्रतिब्यक्ति ५० हजार सहयोगको घोषणासमेत गरेका छन्। उक्त हावाहुरीबाट ५० जनाभन्दा बढी घाइते भएका छन्।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...