Thursday 30th July 2026

विश्वव्यापी रूपमा रक्तदान अभियानमा विशेष योगदान पुर्याउने संघ सँस्था तथा व्यक्ति व्यक्तित्वहरू नेपालमा सम्मानित


तितोपाटी – नेपालमा रक्तदान अभियान तथा कार्यक्रममा विशिष्ट योगदान पुर्याएका सँस्था, रक्तदान अभियन्ता तथा उदाहरणीय रक्तदाताहरु सम्मानित भएका छन् ׀ मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो ׀ अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरुलाई रक्तदान प्रति जागरुक र क्रियाशील बनाउन स्थापित “अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ” तथा नेपाली युवाहरुलाई रक्तदान प्रति आकर्षित र आबद्ध गर्दै रगत अभावको वर्तमान अबस्थालाई क्रमिक रुपमा सुधार गर्दै लैजाने उद्देश्यले स्थापित “नेपाली रक्तदाता संघ”को संयुक्त आयोजना सम्पन्न भएको उक्त कार्यक्रममा दुई दर्जन बढी सँस्था तथा व्यक्तिहरु सम्मानित भएका हुन् ׀

रक्तदान क्षेत्रमा अतुलनीय योगदान गरे बापत ब्लड डोनर्स एसोसिएसन नेपाल (BLODAN), स्वयसेबी रक्तदाता समाज, असन सेवा समिती, देव कर्नर सेवा समिती, पशुपती मारवाडि सेवा समिती, गणेशमान सिंह अध्ययन प्रतिस्थान , लायन्स क्लब अफ चाबहिल, लायन्स क्लब अफ चाबहिल सिटी, आकस्मिक रक्तदान युनिट, पोखरा (RDAU), युथ फर ब्लड (Youth for Blood), क्लब २५ (Club 25), नेपाल, रेडक्रस सोसाईटि गणबहाल उपशाखा, नेपाल रेडक्रस सोसाईटि महाबौद्ध उपशाखा, नेपाल रेडक्रस सोसाईटि पशुपती बौध उपशाखा चाबहिल संस्थागत रुपमा सम्मानित भए ׀

त्यसैगरी व्यक्तितर्फ प्रेमसागर कर्माचार्य (अध्यक्ष – स्वयसेबी रक्तदाता समाज), जिवन बस्नेत (अध्यक्ष ,Friends of RH Negative), कृष्ण चौहान (अध्यक्ष – स्वयसेबी रक्तदाता समाज, रुपन्देही शाखा), भक्तीराज भट्टराई (तप्लेलुङ), अरबिन्द सिंह (बीरगंज), कमल नकर्मी (उपाध्यक्ष – नेपाल रेडक्रस सोसाईटी काठमाडौं जिल्ला), पर्शुराम दाहाल (परोपकार प्रसुती अस्पताल/रक्त संचार केन्द्र – प्रमुख), प्रशान्त उप्रेत्री (INBDA) ले सम्मान प्राप्त गरे ׀

कार्यक्रमका सभापति अन्तर्राष्ट्रिय रक्तदाता संघका अध्यक्ष अजय सत्याल तथा प्रमुख अतिथि कुशल चिकित्सक एवं बरिष्ठ मानव अधिकारकर्मी गौशंकर लाल दासले सम्मानित हुनेहरुलाई दोशल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ׀ कार्यक्रममा प्रदेश ३ का प्रदेश सदस्य नरोत्तम बैध्य र जीवन डंगोल, अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका सँस्थापक सदस्य अर्जुन प्रसाद मैनाली, नेपाल रेडक्रस सोसाईटीको तर्फकेन्द्रिय रक्तसञ्चार सेवाकि निर्देशक मनिता राजकर्णिकार लगायतको आतिथ्यता रहेको थियो ׀

कार्यक्रममा मन्तब्य राख्दै आयोजक समितिका अध्यक्ष सत्यालले रक्तदान जस्तो परोपकारी सामाजिक कार्यमा अनवरत रुपमा कृयाशील व्यक्ति तथा सँस्थालाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताउदै नेपाली पुगेका विश्वका सबै देशहरुमा रक्तदान अभियान संचालन गर्न आफुहरु लागि परेको र नेपालमा पनि औपचारिक रुपमा रक्तदान अभियानमा युवाको पहुँच र युवा परिचालनका निम्ति नेपाली रक्तदाता संघ मार्फत अघि बढ्न खोजेकोले सबैको साथ् सहयोग आवस्यक रहेको औंल्याउदै सम्बन्धित सबैसंग हातेमालो गर्न उत्सुक रहेको बताए ׀

आयोजक सँस्थाको तर्फबाट कल्पना खरेलले स्वागत मन्तब्य राखेकी थिइन् भने नेपाली रक्तदाता संघका अध्यक्ष निरन्जन पौडेलले कार्यक्रमको महत्व र सँस्थाको बारेमामा उपस्थितलाई जानकारी गराएका थिए ׀ कार्यक्रमका अतिथिहरुले बिभिन्न बिषयमा आफ्ना धारणा राखेका थिए ׀ उक्त कार्यक्रममा आयोजक सँस्थाको बिबिध गतिबिधि समेटिएको क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो ׀


सम्बन्धित शीर्षकहरु

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

प्रतिकृयाहरू
...