Wednesday 4th March 2026

मोना कुवेतले एक लाख पच्चीस हजार आर्थिक सहयोग घोषणा गर्दै समिक्षा बैठक सम्पन्न


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले १२ अप्रिल २०१९ शुक्रबारका दिन कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा समिक्षा बैठक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै एक लाख पच्चीस हजार आर्थिक सहयोगको घोषणा गरिएको हो ।

मोना कुवेतको अध्यक्ष प्रेम बहादुर बिश्वकर्माको अध्यक्षता सम्पन्न समिक्षा कार्यक्रममा मोना कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह ०८ मार्च २०१९  सम्पन्न पश्चात् कार्यसमितिले मोना अन्तर्राष्ट्रिय कार्यकारी समिति द्वारा एक करोड बराबरको बालबालिका तथा महिला अक्षयकोष स्थापनाको लागि एक लाख र लभ्लीहिल पद मार्ग निर्माणको लागि पच्चीस हजार आर्थिक सहयोगको घोषणा गरेको जानकारी गराएको छ ।

मोना कुवेतको अध्यक्ष प्रेम बहादुर बिश्वकर्माको अध्यक्षता सम्पन्न समिक्षा कार्यक्रममा महासचिब चन्द्र बिश्वकर्माले कार्यक्रम संचालन गरेका थिए । संघका उपाध्यक्षहरु दिपक छन्त्याल, खिम गिरि र मान बहादुर फगामि, सचिब शेर सुनार, कार्यसमिति सदस्य चित्र बिश्वकर्मा र सदस्य प्रकाश सुन्दासले नयाँ वर्षको सुभकामना सहित आ-आफ्नो धारणा राखेका थिए । भने कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नया वर्षको शुभकामना सहित संघको आम्दानी र खर्चको बारेमा जानकारी गराएका थिए । मोना कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह ०८ मार्च २०१९  सम्पन्न पश्चात् कार्यसमितिले मोना अन्तर्राष्ट्रिय कार्यकारी समिति द्वारा एक करोड बराबरको बालबालिका तथा महिला अक्षयकोष स्थापनाको लागि एक लाख र लभ्लीहिल पद मार्ग निर्माणको लागि पच्चीस हजार आर्थिक सहयोगको घोषणा गरेको जानकारी गराएको छ ।

प्रवासमा रहेर पनि खेलकुद क्षेत्रबाट म्याग्दीको पहिचान लाई उच्च बनाउन महत्त्वपूर्ण भुमिका खेलेको भनी मोना कुवेतले भलिबल र फुटबल खेलाडीलाई खादा लगाइ कदर पत्रले सम्मान गरिएको छ । त्यसै गरि ऐतिहासिक प्रथम अधिबेशन समारोह सफल पार्नको निम्ति अहोरारात्र खटी सहयोग गर्ने सहयोगी ब्याक्तित्वलाई पनि दोसल्ला र कदर पत्रले सम्मान गरिएको छ । कुवेत नगरिमा स्थापना भएको छोटो समयमै मोना कुवेतले उल्लेखनीय कार्य गर्दै आइरहेको  छ । समिक्षा कार्यक्रममा लोकदोहरी गायक तथा मोना कुवेतका कलाकार प्रमुख लालु परियारले सांगीतिक प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिएका थिए ।

मोना कुवेतले रोजगारी सिलसिलामा कुवेत आइ अलपत्र परेका नेपालीहरुको उद्धार गर्नुको साथै सक्दो आर्थिक सहयोग गर्दै आइरहेको छ । स्वदेशमा समेत दुखी, गरिबी, असहाय र विभिन्न निर्माण क्षेत्रमा समेत मोना कुवेतले सक्दो आर्थिक सहयोग गर्दै आइरहेको छ । अन्त्यमा अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले उपस्थित सम्पूर्ण म्याग्देलीलाई नयाँ वर्षको शुभकामना सहित धन्यवाद प्रकट गर्दै कुवेतमा कार्यरत मोना कुवेतमा आबद्ध हुन छुटेका सम्पूर्ण म्याग्देली दाजुभाइ तथा दिदिबहिनीहरु लाई समेत मोना कुवेतमा आबद्ध हुनको लागि आह्वान गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...