Wednesday 4th March 2026

मोरङसुनसरी सेवा समाज कुवेतद्धारा आर्थिक  सहयोग हस्तान्तरण 


तितोपाटी – मोरङसुनसरी सेवा समाज कुवेतले मोरङ जिल्ला उर्लाबारी नगरपालिका ६ स्थायी घर भएका रबिन बराइलीका वर्ष १ का छोरा श्रेअन बराइलीको उपचारको लागि नेपाली रु. ३७,५९५ ( सैंतीस हजार पाँच सय पन्चानब्बे रुपैयाँ ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

श्रेअन अचानक कोक्रोबाट खस्दा देब्रे खुट्टा भाचिएको थियो । उनलाई तुरुन्तै उपचारका लागि काठमाडौका विभिन्न अस्पतालमा पुर्याइएको थियो । तर दुर्भाग्यवश उनको खुट्टा काट्नु पर्ने भएको थियो । हाल उनको उपचार काठमाडौ स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भइरहेको छ । घरको आर्थिक अवस्था कम्जोर भएकोले  उपचारमा समेत निकै कठिन भइरहेको उनका बाबा रबिन बराइली बताएका छन ।

कुवेतको नेपाली समाजमा ‘मोरङसुनसरी सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको मुख्य उदेश्य ‘ भन्ने मूल नारालाई संस्थाको आर्दश र सिद्धान्तका रूपमा आत्मासाथ गर्दै स्थापन भएको समाजले कुवेतमा रोजगारीको सिलसिलामा आएर अलपत्र परेका, आपत बिपत्तिमा परेका नेपालीहरुको उद्धार गर्दै आएको छ । समाजले स्वदेशमा समेत दुखी, गरीब र असहायहरु लाई सक्दो आर्थिक सहयोग गर्दै आएको छ ।

मोरङसुनसरी सेवा समाज कुवेतका अध्यक्ष अरुण लिम्बू, कोषाध्यक्ष रोहिनी लिम्बू र अध्यक्षको धर्मपत्नी लगायतले उक्त आर्थिक रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो । श्रेअनका बाबा आमाले थप उपचारका लागि देश तथा बिदेशमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई आर्थिक सहयोगको अपिल गरेका छन ।
सहयोगको लागि :
खाता नम्बर..115004249910
श्रेअन बराइली
राष्ट्रिय वाणिज्य बैंक, काठमाडौं.
मोबाइल.. 9811089674
आमा ललिता बराइली (नेपाल )
बाबा रबिन बराइली (नेपाल )
कुमार बराइली (कुवेत ) 97253087


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...