Saturday 28th March 2026

साप्ताहिक राशिफल(चैत्र २२ गते देखि २८ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

कार्यव्यस्तताले जीवनशौलीमा परिवर्तन आउन सक्छ । प्रयत्न गर्दा आँटेको काम सम्पन्न गर्न सकिनेछ । नसोचेको काममा खर्च हुनेछ । आफ्नो भलो चिताउनेहरूसँग भेट हुन सक्छ । साताको अन्त्यमा व्यक्तित्वको आकर्षण बढाउँदै दिगो कामको जग बसाउन पाइनेछ ।

वृष

मेहनतले उच्च स्थान दिलाउनेछ ।सभा सम्मेलनमा भाग लिने अवसर जुट्नेछ । समयको ख्याल गर्नुहोला । विपक्षीहरूले कुरा काट्दा आफैंलाई फाइदा मिल्नेछ । शुभ समाचार प्राप्त भएर मनमा उत्साह थपिनेछ । श्रीमती वा प्रेमिकाले घुर्क्याउन सक्छिन् ।

मिथुन

ठूला किसिमका कार्य सम्पन्न गर्नुपर्ने हुनाले त्यसको जटिलतातर्फ ध्यान दिनुहोला । आकस्मिक यात्रामा सरसामान छुट्न सक्छ । प्रभावशाली व्यक्तित्वहरूसँग भलाकुसारी हुनेछ । समयले साथ दिएको छ, प्रतिष्ठा जोगिने गरी काम गर्नुहोला ।

कर्कट

शिक्षामा लगानी गर्दा थप मेहनत गर्नुपर्ने हुन्छ । विलासिताका साधन खरिद–बिक्री गर्न अग्रसर भइनेछ । मन पराउनेहरूले प्रेम प्रस्ताव राख्ने समय आएको छ । कम बोल्दा नै राम्रो परिणाम हात लाग्नेछ । सरकारी कर्मचारीले विवेक एवं सावधानी अपनाउनुहोला । सेतो रंगको पहिरनले आशीर्वाद बर्साउनेछ ।

सिंह

भविष्यका निम्ति दिगो जग बसाउने बेला आएको छ । छोटो समयमै घुलमिल हुन खोज्नेहरूसँग सचेत रहनुहोला । नयाँ मित्रतामा प्रेम अंकुरित हुन सक्छ । मान्यजनको सुझाव अत्मसात् गर्दा जीवनमा सकारात्मक उर्जा प्राप्त हुने देखिन्छ । आर्थिक क्षेत्रमा गरिएका प्रयत्नले लक्ष्यमा पुग्ने बाटो देखाउनेछ ।

कन्या

पूर्वतर्फको यात्राबाट मनग्य मुनाफा हात पर्न सक्छ । रुचिका विषयमा लगानी गर्न सकिनेछ । सवारी साधन खरिद गर्ने योजना बनाउनुभएको छ भने प्रक्रिया अघि बढाउनुहोला । आफ्नो प्रतिष्ठासँग जोडिएर कार्यक्षेत्रमा नयाँ चुनौति देखा पर्न सक्छ ।

तुला

रोकिएका काममा पुनः प्रयास गर्दा सफलता हात पर्न सक्छ । आर्थिक विषयलाई लिएर अभिभावकहरूसँग वैचारिक मतभेद उत्पन्न होला । ईर्ष्या गर्नेहरूबाट टाढै रहनुपर्नेछ । सोमबारपछि बाधा–अड्चनहरू स्वतः समाप्त हुनेछन् । व्यवसाय तथा उद्योगधन्दाबाट राम्रै मुनाफा प्राप्त गर्न सकिनेछ । साथीभाइले यथेष्ठ खर्च गराउनेछन् ।

वृश्चिक

उच्च शिक्षाका निम्ति रोजिएको विषयमा अवसर प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ । याक्रा तथा मनोरञ्जनका त्रममा अनावश्यक खर्चले तनाव सिर्जना गर्न सक्छ । नयाँ परिचित मित्रबाट अपेक्षा गरेभन्दा बढि सहयोग पाइनेछ । साताको अन्त्यमा पूण्य कार्यको अवसर जुट्नेछ ।

धनु

सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने अवस्था छ । घरायसी व्यवहारबाट टाढै रहनुहोला । आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । भ्रमणका क्रममा भेटिएका मित्रले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । कम बोल्नु नै उपयुक्त हुन्छ ।

मकर

विपक्षीले आफना त्रुटिलाई औंल्याउन सक्छन् । त्यसलाई सकारात्मक रूपमा आत्मसात् गर्दा उचाइमा पुगिनेछ । खराब नियत भएकाहरूबाट टाढै रही प्रतिष्ठा जोगाउने प्रयास गर्नुहोला । नीलो रंगको पहिरन प्रयोग गर्दा कम मेहनतमा सही मार्ग पहिल्याउन सहज हुनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।

कुम्भ

जिम्मेवारीबोध गर्दा अवसरले उचाइमा पुर्‍याउनेछ । शारीरिक आलस्यताका कारण महत्वपूर्ण काम छुट्न सक्छ, समयको ख्याल गर्नुहोला । ठूला अवसरहरूले पिछा गरेको अवस्था छ । अधुरै रहेको लामो समयदेखिको मनोरञ्जनको चाहना पूरा हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला ।

मीन

नयाँ स्थान र अवसरका निम्ति केही दौडधूप गर्नुपर्ला । परिस्थितिसँग सम्झैता गर्नुपरे पनि आफूलाई दिगो फाइदा हुनेछ । साथीहरूसँग भ्रमणमा रमाउँदा खर्चको भार थपिनेछ । अभिभावकहरूको वचन परिवर्तनले सवारी साधन गुम्ने खतरा छ । खानपान तथा भोज भतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल राख्नुहोला ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...