Wednesday 26th August 2026

इरान भरि बाढीको प्रकोप, ७० भन्दा बढीको मृत्यु, अति प्रभावित क्षत्र खाली गरिंदै


तितोपाटी – ३ हप्तादेखि बाढीग्रस्त इरानमा शनिवार पनि ठूलो वर्षा हुने पूर्वानुमान गरिएपछि त्यहाँका नगर र गाउँहरूबाट मानिसहरूलाई अन्यत्र सारिँदैछ। मुख्य नदीको बाँधमा त्यसको क्षमता जति पानी भरिने भएपछि अधिकारीहरूले पानीको निकास दिने योजना बनाइराख्दा देशको दक्षिणपश्चिम प्रान्तहरूमा असर गर्ने देखिएको वीवीसीले जनाएको छ ।

उक्त क्षेत्रबाट महिला र बालबालिकालाई सुरक्षित स्थानतिर सारिँदै छ भने पुरुषहरूलाई उद्धार तथा राहतको काममा सहयोग गर्न तिनै क्षेत्रमा बस्न भनिएको छ। केही सातादेखि भएको वर्षामा देशका केही भागहरू जलमग्न भएका छन्। हालसम्म मृत्यु हुनेको सङ्ख्या हालसम्म ७० पुगेको छ।

पचास हजार जनसङ्ख्या भएको सुसानगर्डजस्ता नगरहरू बाढीको जोखिममा छन्। त्यहाँबाहेक खुजेस्तान प्रान्तका अन्य पाँच समुदायबाट पनि मानिसहरूलाई अन्यत्र सारिँदैछ। गत साता यो प्रान्तबाट करिब ७० गाउँहरू खाली गरिसकिएको छ। यो क्षेत्र तेलका लागि धनी छ र यहाँ रहेका ऊर्जा कम्पनीहरूले पम्प प्रयोग गरेर पानी हटाउँदै राहतमा सघाइरहेका छन्।

मार्च १९ मा सुरु भएको वर्षाका कारण इरानका झन्डै १९ सय नगर, सहर र गाउँहरूलाई प्रभावित भएका छन्। हजारौँ सडक, पुल र भवनहरू क्षतिग्रस्त भएका वा भत्किएका छन्।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...