Friday 9th October 2026

नयाँ सालको शुभकामना


नयाँ साल को शुभकामना

पुरानो साल बित्न लाग्यो आयो नयाँ साल ।
राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल ।।

रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस
नयाँ साल नयाँ सरकार बिकाशको बाटो आओस् ।।

घरमा शान्ति टोलमा खुशी आउदै बिकाशको लहर
परिवार खुशी देशको समृद्धि रमाइलो गाउँ शहर ।।

पुरानो जान्छ नयाँ आउँदा सफलता र राम्रो
सुख शान्ति र समृद्धिको लागि शुभकामना हाम्रो ।।

हाँसौ खेलौ नयाँ सालमा दिल खोली रमाउने
परदेशमा बसेका हामी नेपाली अझै धेरै कमाउने ।।

जे हुनेछ राम्रो हुनेछ नयाँ साल आयो
राम्रो लाउँ मिठो खाउँ बर्ष भरि रमायो।।

रचनाकार
छबिराम सुनार ( निर्दोष )
डेढ गाउले भान्जा
नवलपरासी नेपाल
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...