Friday 17th July 2026

सिंङ्गापुरमा समलिंगीहरूलाइ ढुंगाले हानेर मार्ने कानुन लागु


तितोपाटी – दक्षिण-पूर्वी एशिया स्थित ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन लागु भएको छ । ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएको थियो । जस अनुसार नयाँ कानुनमा यस्तो सजाय राखिएको हो ।

गत शनिवार ब्रुनाई सरकारले वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधवारदेखि सरिया मुलुकी संहिता लागु हुने घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसङ्घले समेत ब्रुनाईले ‘क्रूर’, अमानवीय र अपमानजनकु र मानव अधिकार संरक्षणमा बाधा पार्ने किसिमको मुलुकी संहिता जारी गरेको दाबी गरेकाे छ ।

नयाँ इस्लामिक कानुन अनुसार कुनैपनि व्यक्तिले आफु समलिङ्गी भएको घोषणा गरे वा कम्तिमा ४ जनाले कुनै व्यक्तिलाई समलिङ्गी व्यवहार गरेको देखे ती समलिङ्गी व्यक्तिलाई ढुङ्गाले हानेर (स्टोनींग-stoning द्वारा) मारिने छ । अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेका छन्।

नयाँ कानुन अनुसार बलात्कार, व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेका लागि मृत्युदण्ड रहेको छ । गर्भपतन गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने सजाय तोकिएको छ ।

त्यस्तै चोरीका लागि हातखुट्टा काट्ने कानुनी व्यवस्था गरेको छ । कानुन मुलत: इस्लाम धर्मालम्बीमा लागु हुने भए पनि यसका केही व्यवस्थाहरू सबैमाथि लागु हुनेछ ।

मलेसिया र दक्षिण चीनले घेरीएको ब्रुनाई त्यहाँको समुन्द्रिक टापु र प्राकृतिक बनावटका कारण चर्चित छ । यो देश तेल र ग्याँस निर्यात गर्ने भएका कारण धनी छ । ७२ वर्षीय सुल्तान हसनल बोल्कियले यहाँ शासन गर्ने गरेका छन् ।

ब्रुनाईको अर्काे महत्व यो देश संसारका ठूला होटलहरू सञ्चालन गर्ने भित्र पर्छ । होटलहरू सञ्चालन गर्ने ब्रुनाई इन्भेष्टमेन्ट एजेन्सीको नेतृत्व पनि ब्रुनाईका प्रधानमन्त्री सुल्तानले नै गर्छन् ।

करिब ४२०,००० कुल जनसङ्ख्या रहेको यो देशमा अधाभन्दा बढी इस्लाम धर्मालम्बीको वाहुल्यता छ । ब्रुनाईको कानुनमा मृत्युदण्डको व्यवस्था भए पनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन।

केहो स्टोनींग –stoning

स्टोनींग भनेको एक ‘क्रूर’ सजाय हो । जसमा कुनै व्यक्तिले स्टोनींग सजाय पाउने अपराध गरेको छ भने ती व्यक्तिलाई ढुंगाले हानेर मारिन्छ ।

पब्लिक ठाँउमा अपराधीलाई आधासम्म जमिनमा गाढेर वरपरबाट मान्छेहरुले ढुंगाले हानेर मार्ने गर्छन् । यो सजायलाई निकै विरोध गरिँदै आएको छ । एसियाका केही अन्य ठाँउमा समेत यो सजाय रहेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...