Friday 24th July 2026

पुर्वप्रधानमन्त्री प्रचण्डलाइ पक्राउ गर्न अमेरिकामा उजुरी


तितोपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ। श्रीमती सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका दाहालविरुद्ध डा. तिलक श्रेष्ठले उजुरी दिएका हुन्। श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान ब्युरोलाई सम्बोधन गर्दै आइतबार उजुरी दिएका हुन्। उजुरीमा एकजना चर्चित आतंककारी भन्दै दाहाल अमेरिका भ्रमणमा रहेको जनाइएको छ।

उजुरीमा सुरुमा अमेरिकाको आतंकवादी सूचीमा रहेका दाहालले सुरु गरेको युद्धका कारण नेपालमा १७ हजार गरिब नेपालीले ज्यान गुमाएको जनाइएको छ। ‘उनी यो साता जोन हप्किन हस्पतालमा श्रीमतीको उपचारका क्रममा आएका छन्,’ उजुरीमा भनिएको छ।

उजुरीमा आतंककारीसम्बन्धी अमेरिकन मापदण्ड, नैतिक मूल्य, आन्तरिक र बाह्य कानुनी दायित्वमा रहेर कारबाही अघि बढाउन आग्रह गरिएको छ। निवेदक श्रेष्ठले आफूलाई उजुरीबारेमा धेरै जानकारी नरहेकाले सहयोग गर्न र उजुरीलाई सम्बन्धित निकायसम्म पुर्याउन पनि आग्रह गरेका छन्।

कूटनीतिक क्षेत्रका विज्ञहरू भने यस्ता उजुरीले केही फरक नपर्ने बताउँछन्। ‘अमेरिकाको आफ्नै प्रक्रिया हुन्छ, कसैले उजुरी गर्दैमा कारबाही गर्ने भन्ने हुँदैन,’ कूटनीतिक स्रोतले भन्यो।


सम्बन्धित शीर्षकहरु

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

प्रतिकृयाहरू
...