Friday 11th September 2026

प्रवासी नेपाली एकता मञ्च ओमन द्वारा शाेक सभा सम्पन्न


तितोपाटी – हेलिकप्टर दुर्घटनामा परि निधन हुनु भएका नेकपाका केन्द्रिय सदस्य तथा नेपाल सरकारका माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत अन्य बिशिष्ट ब्यात्तित्वहरु प्रतिको सम्मान र सम्झनामा १ मार्च शुक्रवारको दिन प्रवासी नेपाली एकता मञ्च अाेमनले एउटा शाेक सभा कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली एकता मञ्चका कार्यदल सदस्य उमेश बिककाे अध्यक्ष्यतामा सुरु भएको शाेक सभाकाे संचालन पुर्ण ब. विश्वकर्माले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि गैर अावासीय नेपाली संघ केन्द्रिय सचिव डि.बी. क्षेत्री रहनु भएको थियो ।

अतिथिहरुमा नेपाली जनसम्पर्क समिति अाेमनका का.वा. सभापति शालिकराम चापागाईं, अाेमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत , नेपाल तामाङ समाज अाेमनका अध्यक्ष तेज ब. तमाङ , गुल्मी सेवा समाज अाेमनका अध्यक्ष घनश्याम भण्डारी , समाजसेवी ताेलाकान्त भट्टराई लगायत सङगठनका अधिकांश सदस्यहरुकाे बाक्लो उपस्थिति रहेको थियो । दुर्घटनामा दिवंगत हुनुभएका संपूर्णमा सम्झना तथा श्रध्दा सुमन स्वरूप एक मिनेट मौन धारण गर्दै सुरु भएको कार्यक्रममा नेता तथा माननीय मन्त्री रविन्द्र अधिकारीले देश र राष्ट्रलाई दिनु भएको महत्वपूर्ण याेगदानको चर्चा परिचर्चा गर्दै हामीले वहाँ जस्ता महान व्यक्तिको बिचारलाई कहिल्यै भुल्न नहुने र वहाँको निधनले राष्ट्रलाई नै क्षति पुगेको जस्ता बिचार शाेक सभामा प्रमुख अतिथिको स्थानमा समेत रहनु भएका एन आर एन का सचिव डिबि क्षेत्रीले बताउनु भयो ।

नेपाली जनसम्पर्क समितिका का. वा. सभापति सालिकराम चापागाईंले मन्त्री अधिकारी एक विद्यार्थी जीवनबाट नै नेपाली राजनीतिमा सकृय ,निडर, समाज परिवर्तनको एक खम्बा र सबैलाई साथमा लिएर अगाडि बढन सक्ने असल नेता हुनुहुन्थ्यो । वहाँकाे यसरी अकल्पनीय निधन भएको खबरले अाफु लगायत अाफ्नो पुरै पाटी र सङगठन दुःखी भएको बताउनु भयो । अाेमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले मन्त्री अधिकारी एक देशभक्त ,राष्ट्र भक्त नेता हुनु हुन्थ्यो अाज देशले गुमाउनु परेको छ भन्ने चर्चा गर्नु भएको थियो । अागामी दिनमा वहाँकाे अभाव हामी नेपालीहरुलाई खडकिने पनि बताउनु भएको थियो । यसै गरि समाजसेवी ताेलाकान्त भट्टराई लगायतका शाेक सभामा उपस्थित सबै जनाले मन्त्री अधिकारी लगायतका दिवंगत अन्य विशिष्ट ब्यात्तित्वहरुलाई समेत गुमाउनु पर्दा सिङ्गो राष्ट्र र देश नै शाेकमा डुबेको चर्चा गरेका थिए ।

मन्त्री अधिकारी लगायत सबै दिवंगत हुनु भएकाहरुका तस्विरमा माल्यार्पण तथा पुष्प गच्छा अर्पण गरिएको थियोे । अन्त्यमा शाेक सभाका अध्यक्षता गर्नु भएका उमेस बिकले सबै उपस्थित जन समुदायहरुलाई धन्यवाद दिदै मन्त्री अधिकारीले गर्न बाकी रहेको काम अब हाम्रो काधमा अाएकाे बताउदै शोक सभा कार्यक्रमको बिसर्जन गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...