Wednesday 24th June 2026

गोदामचौर ‘ग्याङ रेप’ का तीनै अभियुक्तलाई १० वर्ष जेल


तीतोपाटी-सामूहिक बलात्कारपछि युवतीलाई मराणसन्न हुनेगरी कुटपिट गर्ने तीन अभियुक्तलाई १० वर्ष २ महिना कैदको फैसला भएको छ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले जबर्जस्ती करणीमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरी मुद्दामा ६० दिनको फैसला सुनाएको हो।

अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार तीनै अभियुक्तले अधिकतम १० वर्ष कैद भुक्तान गर्नुपर्ने छ। फरक फरक मुद्दामा सजाय भएकाले अधिकतम् १० वर्ष कैद भुक्तानपछि तीनैजना रिहा हुनेछन्। श्रेष्तेदार तिवारीका अनुसार अभियुक्तहरूले जनही एकलाखका दरले पीडितलाइ क्षतिपूर्ती दिने समेत फैसला भएकाे छ।

ललितपुर गोदामचौरमा बस्ने कामकाजी एक युवतीलाई स्थानीय विशालध्वज कार्की, रघु सिलावाल र पवन कुँवरले २०७४ मंसिर २ गते राति बलात्कारपछि अर्धचेत अवस्थासम्म कुटेर छाडेका थिए।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई तीन महिनाअघि पक्राउ गरेको थियो।उच्च अदालत पाटनले तीनैजनालाई पूर्पक्षका लागि थुनामा राखेर कारबाही चलाउन आदेश दिएपछि खोजी सुरु भएको थियो।याे पनि: गाेदामचउर सामुहिक बलात्कार प्रकरणका तीनै आराेपी पक्राउ

धनाढ्य परिवारका २१ वर्षे युवा जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि घरमै बसे। ललितपुर जिल्ला अदालतले २०७४ पुस २६ मा तारेखमा छाडने आदेश दिएको थियो। उच्चले जिल्लाको आदेश उल्टाउँदै २०७४ माघ २५ अदालती व्यवस्थाको महल ११८ को ९२० बमोजिम पूर्पक्षका लागि थुनामा राखेर कारबाही गर्ने आदेश दिएको थियो। उच्चको आदेशपछि तीनै जना फरार भएका थिए।

स्थानीयले घटनाको भोलिपल्ट बिहान प्रहरीले गोदामचौर ९क० नाम दिएकी ती युवतीलाई खोलाको किनारको तोरीबारीमा अर्धचेत र अर्धनग्न अवस्थामा फेला पारेका थिए। उनको टाउकोमा ठूलो चोट थियो, शरीर अर्धनग्न थियो। दायाँ हात टुक्रा–टुक्रा पारेर भाँचिएको थियो। कान लुछिएको थियो।युवतीलाई त्यस अवस्थामा भेटेपछिछ उनीहरुले प्रहरीलाई खबर गरेका थिए।


सम्बन्धित शीर्षकहरु

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

प्रतिकृयाहरू
...