Saturday 28th September 2024

खोटाङका आगलागी पीडितलाई प्रवासी खोटाङेहरूबाट १ लाख भन्दा बढीको सहयोग


तितोपाटी – खोटाङमा आगलागीबाट पीडित बनेको एक परिवारलाई प्रवासी खोटाङेहरूले १ लाख भन्दा बढीको आर्थिक सहयोग गरेका छन् । विभिन्न देशबाट संकलन गरिएको रकम रू. १०६६९८।०० अक्षेरूपी एक लाख छ हजार छ सय अन्ठानब्बे रूपैयाँ खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वाड नं. – २ बस्ने आगलागी पीडित कविराज बास्तोलालाई सहयोग गरिएको कुवेत स्थित सहयोग संकलनकर्ता केदार आले मगरले तितोपाटी डट कम लाई बताएका छन् ।

सहयोग रकम कुवेत, युके, कतार, मलेसिया, युएइ र नेपालबाट समेत गरि संकलन गरिएको थियो भने संकलित सहयोग रकम युकेबाट नेपाल गएका ढक राना मगर र  नेपालमै रहेका सामाजिक अभियन्ता ध्यान कुमार राईले  पीडितलाई हस्तान्तरण गरेका थिए । आगलागी भएको बास्तोलाको घर तिहारको लक्ष्मी पुजाको साँझ दियो बत्ती गरि सुत्न लाग्दा बत्तिको दियो पर्दामा सल्किएर आगो निस्कन गई कुनै पनि सामान झिक्न नपाइ जलेर नष्ट भएको थियो ।

अाफ्नो जन्मथलोको स्तरोन्नतीको लागि चाैतर्फी क्षेत्रबाट सहयोग गर्दै अाएका प्रवासी खोटाङेहरूले जुनसुकै किसिमबाट पीडित भएका हरेक जिल्लावासीलाई सहयोग गर्नु मानविय धर्म मान्दै सहयोग गर्दै अाएकोमा सम्पुर्ण घर जलेर पीडित बनेका बास्तोलालाई ठुलो क्षतिपुर्ति दिन नसके पनि केहि मात्रमा भने पनि राहत होस भनि अाफुसक्य सहयोग संकलन गरि मलहम लगाउने कार्य गरिएको केदार आले मगरले  तितोपाटी डट कम सँगको कुराकानीमा बताए ।

सो सहयोग रकम संकलनको लागि कुवेतबाट केदार आले मगर, कतारबाट चुडामणि दाहाल, मलेसियाबाट चन्द्र गुर्मछान मगर , दुबईबाट राजेन्द्र दाहाल, यू के बाट ढक राना मगर तथा नेपालबाट ध्यान कुमार राईले पहल  गरेका थिए भने तपसिल बमोजिमका सहयोगदाताले राहत सहयोग गरेका थिए ।

यू.के बाट
१, ढक राना मगर रु=१४,२६०

नेपाल बाट
१,ध्यान कुमार राई रु=५,८००

कुवेत बाट
१,जगत राना मगर रु १०,०९८ मात्र
२,अनिल पुमा राई रु ७,४८० मात्र
३,दिपेन दाहाल रु ७,४८० मात्र
४,केदार कुमार मगर रु ५,६१० मात्र
५,नर ब.नेपाली रु ३,७४० मात्र
६,मान ब.थापा मगर रु ३,७४० मात्र
७,सुजता पुमा राई रु ३,७४० मात्र
८,मान ब.थापा मगर( ख)रु ३,७४० मात्र
९,सुर्य राना मगर रु ३,७४० मात्र
१०,सेवन राई रु १,८७० मात्र
जम्मा सहयोग रकम रु=५१,२३८

मलेसिया मलेसियाबाट
१,चन्द्र गुर्मछान मगर रु =१,३००
२,भिम गर्मछान मगर रु=१,३००
३,नवराज गुर्मछान मगर रु=१,३००
४,डम्बर गुर्मछान मगर रु=८००
जम्मा रकम रु=४,७०० 

कतार कतार बाट
१, चुडामणि दाहाल रु=५,०००
२,हिमाल मगर रु=५,०००
३,नरहरी बन्जारा रु=२,१००
४,गायत्री बन्जारा रु=२,०००
५,बिनोद बन्जारा रु=१,५००
६,तिर्थराज बन्जारा रु=१,१००
७,विश्वमणी फुयाल रु=१,०००
८,गंगा प्रसाद बन्जारा रु=१,०००
९,अशोक मगर रु=१,०००
१०,राम कुमार मगर रु=१,०००
जम्मा रकम रु=२०,७००

दुबई बाट
१,राजेन्द्र दाहाल ३,३३३
२,चन्द्र बुर्जा मगर ३,३३३
३,बम ब.मगर ३,३३४
जम्मा रकम रु=१०,०००

जम्मा सहयोग रकम १,०६,६९८ मात्र


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...