Wednesday 14th January 2026

कुवेतमा १८ दिन देखी बेपत्ता राजु सडक दुर्घटना पछी अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिए


हरि कृष्ण न्यौपाने/ आनन्द आचार्य – १८ दिन अघी आफ्नो कम्पनीले कुवेतको सल्मियाको एक होटलमा दिएको स्टाफ पार्टीमा समाबेश भई कोठामा फर्किदा निस्किए देखी एका-एक बेपता भएका काठमाण्डौ सुकेधाराका राजु घर्ती मगर कुवेतकै अल मुबारक अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिएका छन।

करिब २३ वर्षदेखि कुवेतमा कार्यरत राजु हाल कुवेतको पाल्म बिच होटल(Palm Beach Hotel)मा हाउस किपिङको काम गर्दै आएका थिए।उनी आफ्नै होटलले गत २७ जनावरी,२०१९का दिन दिएको स्टाफ पार्टीबाट आफ्नो कोठामा आउने क्रममा एका-एक हराएका थिए।यसै क्रममा नेपाली दुताबास कुवेत मार्फत कुवेत प्रहरी र सम्बन्धित निकाय,कम्पनी प्रतिनिधि तथा राजुका साथिहरुले खोजी गर्ने क्रममा राजु कुवेतको जाब्रिया स्थित अल मुबारक अस्पातलमा भेटिएका छन।सल्मियाको गल्फ रोडमा सडक दुर्घट्ना(पैदल हिंड्ने क्रममा गाडीले ठक्कर)दिएर सख्त घाइते भए पछिको अवस्थामा अस्पातल पुर्याइएको र राजुको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको राजुका साथीहरू धन नारायण श्रेष्ठ तथा तेज बहादुर श्रेष्ठले तितोपाटी डट कम लाई बताए।

५२ बर्षिय राजुका एक छोरा, एक छोरी अनी श्रीमती(सांग्रिला होटल काठमान्डौमा कार्यरत)तथा परिवार र आफन्तहरु राजु एका-एक बेपता भए पछी चिन्तित रहेका छन भन्दै तेज बहादुर श्रेष्ठ भन्छन, “अल मुबारक अस्पातलमा १६ नं वार्डको बेड नं-४मा अझै पनि बेहोस अवस्थामा उपचाररत राजुको अबस्था चिन्ताजनक अनी खतरा मुक्त भै नसकेको डक्टरहरुले बताएका छन।

नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले पनि राजु घर्ती मगर सडक दुर्घटना पछि अस्पातलमा चिन्ताजनक अवस्थामा रहेको जानकारी दूतावासले पाएको र राजुको कम्पनी प्रतिनिधिहरुसंग पनि निरन्तर संपर्कमा रहेको बताए।शर्माले भने, “नेपाली दूतावासले अस्पातल,कम्पनी, सम्बन्धित निकायहरु र सडक दुर्घटनामा परेका राजुका साथीहरु,परिवारसंग निरन्तर संपर्कमा रही आबस्यक समन्वय गरेर उनको राम्रो उपचारका लागि पहल गर्दै सम्बन्धित निकायबाट सडक दुर्घटनाको रिपोर्ट मागी कानुनी सहायतामा लाग्ने छौ।”


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...