Sunday 21st December 2025

लालीगुराँसको कार्यबाहक अध्यक्षमा बिराज तामाङ, आगामी जुनमा चाैथो अधिवेशन तथा ९ औं वार्षिक उत्सव गर्ने


तितोपाटी – लालीगुराँस साँस्कृतिक परिवारको कार्य समितिमा केहि हेरफेर भएको छ । लालीगुराँस साँस्कृतिक परिवार कुवेतका वर्तमान अध्यक्ष माधव पाैडेलको कार्य व्यस्तताको कारण कुवेतको नेपाली समुदायमा हुने विभिन्न गतिविधिमा समय दिन नभ्याए पछि सँस्थाको गत शुक्रबार बसेको बैठकले दैनिक गतिविधिमा सहजता होस भनि सँस्थाका महासचिव बिराज तामाङलाइ कार्यबाहक अध्यक्षको जिम्मा दिने निर्णय गरेको कुरा लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधव पाैडल “असल यात्री” ले तितोपाटी डट कम लाइ बताए ।

“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुल नाराका साथ सन २०१० देखि कुवेतको नेपाली समाजमा कला र संस्कृतिको विकास र प्रवर्द्धनमा लागि पर्दै कृयाशिल रहँदै अाएको लालीगुराँस साँस्कृतिक परिवार कुवेतले सँस्थाको चाैथो  अधिवेशन तथा ९ औं वार्षिक उत्सव अागमी जुन महिनामा गर्ने निर्णय गरेको पनि लालीगुराँसका प्रवक्ता इन्द्र थापा मगरले जानकारी गराए ।

स्मरण रहोस, लालीगराँस साँस्कृतिक परिवार कुवेतले अाफ्नो स्थापनाकालदेखि नै माैलिक कला र संस्कृतिको संरक्षण हेतु प्रवासमै भए पनि बिभिन्न साँस्कृतिक कार्यक्रमहरू गर्दै अाएको छ भने नेपाली चाड पर्वहरू दशैं तिहार जस्ता ठुला चाड पर्वमा विशेष सांगितिक धमाकाहरू गर्दै अाएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...