Friday 9th October 2026

हरि कंडेलका केहि मुक्तकहरू


– हरि कंडेल

मुक्तक

अब जति गर्नु छ यहाँ रजाइँ गरे पनि गर सरकार ।
प्रहरी लगाएर मलाई कडाइ गरे पनि गर सरकार।।
गरीब दुखीका आवाज म बोल्न छोड्दै छोड्दिन ।
आतंककारी घोषणा मलाई गरे पनि गर सरकार ।।

मुक्तक

दिल भित्रकोचोट मैले लुकाउन सकिन ।
आँखाबाट बग्ने आँसु सुकाउन सकिन ।।
निष्ठुरीले मलाई छोडेर गएपछि सधैंलाई
निष्ठुरीको मायाको मूल्य चुकाउन सकिन ।।

मुक्तक

भोक भोकै मर्नु पर्छ भन्ने डर भए पछि ।
सरकार शोषक भगवान पत्थर भए पछि ।।
बाच्नु भन्दा मर्नु उत्तम ठान्यो किसानले
लगाएको अन्न बाली पुरै बगर भए पछि।।

मुक्तक

देखे मैले पराई संग रमाएर,हाम्रो सम्बन्ध तोडेर गयौं ।
मलाई दलदलमा फसाएर,तिमिले बाटो मोडेर गयौं ।।
आशु झार्दा मैले आँखाबाट,घात गर्नुको कारण सोध्दा
आफ्नो घर समाज देखाएर,मलाई एक्लै छोडेर गयौं।।

नोटः रचनाकार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत सम्वद्ध साहित्य सर्जक हुन् ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...