Friday 9th October 2026

कविताः लिलाम बिक्री


माधव पाैडेल “असल यात्री”

सरकार पहिले लिलाम गर
त्यसपछि बिक्री गर,
परदेशीको झिटी गुन्टा खोल
केलाउ एक एक गरेर ।
प्रायःको
बुबालाई भनी घडि होला
अामालाई साडी होला
छोराछोरी लाई खेलौना गाडी होला
रामेलाई श्यामेलाई राता बोतल होला
पुराना लत्ता कपडा होला
दुःखले अार्जेको केही मात्रा सुन होला
एक दुई सेट मोबाइल होला
छिटो जफत गर सरकार
छिट्टो घर जानू छ उनीहरुलाई
परिवार कुरिरहेका होलान्
गनथन गर्ने समय कोही संग छैन
अनि सामर्थ्य पनि ।
किन ?
झिटी गुन्टा मात्रै
लिलाम बिक्री गर्छौ
सस्तो ब्याजमा बन्धकी राखेको
गैरी खेत महंगो ब्याजको कारण
फुकुवा भएको छैन
अब त्यसलाई पनि
लिलाम बिक्री गर ।
बिदेश बाट झिटी गुन्टा मात्रै हो र
रातो बाकसमा दिनका दिन
लाशहरु पनि अाउछन् नि
अब ती बाकसहरु पनि जफत गर
लिलाम गर टेन्डर खोल ।
सम्बन्धित परिवार अबस्य पनि
खरिद गर्न अाउने छन्
अत्याधिक राजस्व संकलन हुन्छ
देश समृद्धि बनाउन टेवा पुग्छ
छिटो गर सरकार
लाशलाई पनि लिलाम बिक्री गर
परदेशीको झिटी गुन्टा लिलाम बिक्री गर
बन्धकी गैरी खेत पनि लिलाम बिक्री गर
बिक्री गर सरकार लिलाम बिक्री गर ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...