तितोपाटी – कुवेतको महाबुल्ला स्थित झाड़ीबाट आज स्थानिय प्रहरीले लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा १४ जना नेपालीलाई प्रकाउ गरेको छ । लङ्गुर बुर्जा खेल्ने र खेलाउने सबै नेपाली कामदार रहेको जनाइएको छ ।
आज पक्राउ परेका सबै लाई डिपोर्ट डिपार्टमेन्टमा पठाएको छ । लामो समय देखि यहाँ गैर कानुनी रुपमा नेपालीहरुले लङ्गुर बुर्जा खेलाउने र खेल्दै आएका थिए । आज देखि त्यो लङ्गुर बुर्जा खेलाउने स्थानमा डोजर लगाएर सम्पुर्ण सामाग्री भत्काइएको छ ।
#Ayman Mat