Tuesday 6th October 2026

यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला


तीतोपाटी-धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजना गरिएको सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो।

नेपालको मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ। जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ।

शान्त बग्ने नारायणी नदी र सुन्दर हिमालको समेत दृश्य हेर्न सकिने रंगशाला नेपालको पहिचानको रंगशाला बन्नेछ। रंगशाला प्रवेशद्वारमै पाथिभरा, बुढासुब्बा, हलेसी, जनकपुरधाम, बडिमालिका, पशुपति, बौद्ध स्वयम्भुनाथ, विन्दबासिनी, सिद्धबाबा, स्वर्गद्वारी, लुम्बीनीसहित सिंगो नेपालले स्वागत गरिरहेको हुनेछ।

विश्वस्तरीय प्याराफिटमा बसेर खेल हेर्न सकिनेछ। यो रंगशालामा चार वटा ढोका हुनेछ। १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ।

ठाउँ ठाउँमा हुने एलइडी स्क्रिनबाट खेललाई अझै नजिकबाट नियाल्न सहयोग पुग्नेछ। स्पेशल फर्डलाइट जडान गरिएको मैदानमा दिन र रातको फरक हुनेछैन।

नेपालमा हुने विश्वस्तरीय खेल नेपालबाट प्रत्यक्ष प्रशारणका उत्कृष्ट मिडिया सेन्टर स्थापना हुनेछ। यसबाट नेपालको मौलिकताको पनि प्रचार हुनेछ। जसले नेपालको पर्यटन विकासमा ठूलो भूमिका हुनेछ।

अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रंगशाला हुनेछ।

मल्टी प्रपोजको रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डी बियो, स्विमिंगलगायतको खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ।

खेल अभ्यासका लागि दुई वटा छुट्टै खेल मैदान निर्माण हुनेछन्। खेलाडीहरू बस्ने कक्ष, आराम कक्षलगायत विशेष सुविधासहितको हुनेछ।

बाहिर रहेका पाटेबाघ, एक सिंगे गैडा, हात्ती लगायतका लोपोन्मुख जीवजन्तुको भातुका मुर्तिले पनि विशेष शोभा बढाउनेछ।

गौतम बुद्धका विषयमा भएका कतिपय भ्रम चिर्न र वास्तविकता विश्वलाई चिनाउन, पर्यटन हब बनाउन कृषि उपजहरूको उत्पादन बढाउन र विश्वको ध्यान तान्न विशेष सहयोग पुर्‍याउनेछ।

यस्तै ७७ वटै जिल्लामा छरिएर रहेका नव प्रतिभाहरूलाई छनोट गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको विकास गर्न एकेडेमीको रूपमा यसलाई विकास गरी स्पोर्ट हब बनाउने फाउन्डेसको लक्ष्य रहेको छ।

देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रंगशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ। फाउन्डेसनले ६ महिना भित्र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी निमार्णको काम अगाडि बढाउने जनाएको छ। घोषणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रंगशाला निर्माणको काममा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सो रंगशाला निर्माणको काममा सहयोग गर्न पनि सबैलाई अपिल गरेका छन्।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निमार्णको अभियानमा सबैलाई सहयोग गर्न अपिल गरे। उनले अबको एक दशक भित्र मुलुक नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै निराश हुनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे।

भरतपुर महानगरपालिकाकी मेयर दाहालले दुई बर्ष भित्र निमार्णको काम सम्पन्न गर्ने गरी काम अगाडी बढाईने जानकारी दिइन्। उहाँले रंगशाला निर्माणको काम सम्पन्न भईसके पछि पहिलो खेल भारत र पाकिस्तान बीच खेलाउने योजना रहेको पनि बताइन्।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न आह्वान गरे। उनले सो रंगशाला शिलान्यास गरेको दिनदेखि दुई वर्ष भित्रमा हस्तान्तरण गर्ने दाबी गरे।

कार्यक्रममा सो रंगशाला निर्माणका लागि एक दर्जन बढि संस्था र व्यक्तिले सहयोग राशी पनि घोषणा पनि गरेका थिए।

साभार सेतोपाटी


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...