Sunday 6th September 2026

जन्ती बसमा आगलागी: मृत्यु भएका परिवारलाई ५ लाख दिने सरकारको घोषणा


तीतोपाटी-उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले धनुषाको सबैलामा करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।  उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाईतेहरुको उपचार समेत सरकारले व्यहोर्ने निर्णय भएको बताएका छन् ।

धनुषाको सवैला नगरपालिका ४ कोठिया बल्टियामा गत शुक्रवार विवाहको लागी जन्ती गएको बस फर्किने क्रममा करेन्ट प्रवाह भई आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो । मन्त्री पुनले घटनाप्रति दुखः व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिने र घाईतेको सम्पूर्ण उपचार समेत सरकारले व्यहोर्ने बताए ।

  करेन्ट लागेर २१ जना घाईते भएका थिए । १९ जना घाईते अस्पतालवाट डिस्चार्ज भई घरमै उपचार गरिरहेका छन् भने् दुई जना हाल अस्पतालमै उपचाररत छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

प्रतिकृयाहरू
...