Sunday 6th September 2026

कम्युनिष्ट सरकार अब डाइनोसर जस्तै लोप हुन्छ : काग्रेस नेता रिजाल


तीतोपाटी-नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले अहिलेको कम्युनिष्ट सरकार डाइनोसर जस्तैगरी लोप भएर जाने दाबी गरेका छन् ।

बुटवल जेसीजको ४५ औं पदस्थापन समारोहलाई आज  साँझ सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै विधि र प्रकृया मिच्दै आएको उल्लेख गर्दै सदनमा पनि दुई तिहाईको दम्भ देखाउनु दुर्भाग्य रहेको बताए ।

प्रधानमन्त्री हुनका लागि संसदको सदस्य अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि संसद सदस्यको रुपमा सपथ नलिँदै प्रधानमन्त्रीको सपथ लिएर संवैधानिक व्यवस्था कुल्चने काम गरेर विधि र प्रकृया मिच्न सुरुवात गरेको आरोप लगाए ।

सभामुखको भूमिका पार्टी निर्णय अनुसार काम गर्ने नभएको भन्दै उनले १ हजार ५ सयको हाराहारीमा रहेको नेप्से परिसूचक झरेर १ हजार २ सय भन्दा पनि कम भएको बताउँदै अहिले मुलुकमा लगानी गर्ने वातावरण छैन भन्ने पुष्टि भएको उल्लेख  गरे ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

प्रतिकृयाहरू
...