Wednesday 29th July 2026

मलेसियाका नया राजा बने सुल्तान अब्दुल्लाह


तितोपाटी – मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह चयन भएका छन् । उनी पहाङ राज्यका सुल्तान हुन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले गत जनवरी ६ मा राजगद्दी त्याग गरेका थिए । उनी केलन्तान राज्यबाट राजा भएका थिए । मलेसियामा ९ वटा राज्यका वंशाणुगत शासकमध्येबाट हरेक ५ वर्षका लागि पालैपालो देशको राजा बनाउने संवैधानिक प्रावधान छ ।

आलंकारिक राष्ट्र प्रमुखका रूपमा रहने मलेसियाको राजाको दैनिक शासन सञ्चालनमा भने कुनै भूमिका हुँदैन् । नयाँ राजाले आगामी बिहीबार शपथ लिने बताइएको छ । उनले यसै महिनाको सुरुमा पेहाङको सुल्तानका रूपमा शपथ लिएका थिए । मलेसिया बेलायतबाट सन् १९५७ मा स्वतन्त्र भएपछि राजतन्त्रात्मक शासन स्थापित भएको हो । मलेसियामा १३ राज्य छन् । तीमध्ये ९ मा सुल्तानले शासन गर्छन् भने ४ मा गभर्नरको व्यवस्था छ । ९ मध्ये ५ ले पालोमा रहेका राज्यका सुल्तानलाई छनोट गरेपछि उनी देशको राजाका रूपमा छनोट हुन्छन् । राजा छान्न सबै सुल्तानहरूलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ । अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तानको पक्ष वा विपक्षमा मत दिन्छन् । राजा निर्वाचित हुन ९ मध्ये कम्तीमा ५ मत पाउनु पर्दछ । बहुमत नपुगेमा त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा मतदान गरिन्छ ।
४९ वर्षीय सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको तथा रूसी सुन्दरी ओक्साना भोएभोदिनासँग विवाह गरेको घोषणा गरेका थिए । यद्यपि उनले राजगद्दी त्याग गर्नुको कारण उल्लेख गरेका छैनन् । मलेसिया सन् १९५७ मा स्वतन्त्र भएयता कुनै पनि राजाले राजगद्दी त्याग गरेको उक्त घटना पहिलो हो ।

सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...