Thursday 30th July 2026

इन्डोनेसियामा बाढि पहिरोबाट ५९ जनाको मृत्यु


तितोपाटी – इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको दक्षिणी द्वीप सुलावेसीमा भीषण वर्षापछि आएको बाढीपहिरोको कारण सयौं मानिस विस्थापित भएका छन् । हजारौं घरबारविहीन छन् ।

अधिकारीहरुका अनुसार बाढीपहिरोपछि २५ भन्दा बढी मानिस बेपत्ता छन् । सुलावेसी द्वीपका प्रकोप नियन्त्रण विभाग प्रमुख स्याम्सिबरले ‘यस प्रकारको भीषण प्रकोप आफूले कहिल्यै नदेखेको’ बताएको समाचार संस्था एएफपीलाई बताए ।

पहिरोका कारण इन्डोनेसियाको दक्षिणी भेगका ११ जिल्लाका केही नदीसमेत थुनिएका छन् । नदी थुनिएसँगै उक्त क्षेत्रका हजारौं गाउँले त्रसित रहेको जनाइको छ । स्याम्सिबरले सुलावेसी द्वीपको गोवा जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको बताए । उनका अनुसार गोवामा ४४ को मृत्यु भएको छ ।

उनका अनुसार बिहीबार साँझसम्म ज्यान गुमाउनेको संख्या ३० पुगेको थियो । खोजी तथा उद्धारका क्रममा शुक्रबार केही बेपत्ताको शव भेटिएको स्याम्सिबरले जनाए । स्थानीय सञ्चारमाध्यमका अनुसार दर्जनौं घाइतेको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकोपका कारण विस्थापित करिब ३ हजार ४ सय जनालाई विद्यालय, मस्जिद र अस्थायी टेन्टहरुमा राखिएको छ ।बाढीका कारण आवासीय तथा सरकारी भवनहरु, विद्यालय र पुल क्षतिग्रस्त भएका छन् । इन्डोनेसियको सुमात्रा द्वीपमा गतवर्षको बाढीपहिरोका कारण कम्तीमा २२ को मृत्यु भएको थियो ।

इन्डोनेसियामा बाढीपहिरो, भूकम्प तथा ज्वालामुखी विस्फोटजस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनि हजारौं मानिसले ज्यान गुमाउने गर्छन् । गत डिसेम्बरमा ज्वालामुखी विस्फोटपछिको सुनामीका कारण ४ सयभन्दा बढीको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...