Monday 21st July 2025

झापाली समाज कुवेतद्वारा स्वर्गिय बिष्णु घिमिरेको परिवारलाइ आर्थिक सहयोग प्रदान


प्रसाद तिम्सिना – झापाली समाज कुवेतले स्व. बिष्णु कुमार घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएका  घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द रहदै आईरहेका थिए | स्वर्गीय घिमिरेको नाबालक छोराको पालन पोषण र शिक्षा आर्जनको लागी झापाली समाज कुवेतले झापाको दमक स्थित सानिमा बैंकमा स्व. घिमिरेका सुपुत्र प्रयास घिमिरेको नाममा खाता खोली रू. १,७०,०००/- अक्षेरूपी एक लाख सत्तरी हजार जम्मा गरि बैंक खाता सँग सम्बन्धित सम्पुर्ण कागजात स्वर्गीय घिमिरेको परिवारलाइ हस्तान्तरण गरिएको कुरा झापाली समाज कुवेतले जनाएको छ ।

झापा जिल्लाको सर्वांगिण विकास र विश्वका हरेक कुनामा छरिएर रहेका झापालीहरूको स्तरोन्नतीको लागि कृयाशिल अन्तर्राष्ट्रिय झापाली समाज मातहत रहेर विगत ५ वर्षदेखि झापाली समाज कुवेतले विभिन्न सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै अाइरहेको छ भने समाजले अाफ्ना सदस्यहरूको अार्थिक उन्नति तथा सामाजिक सुरक्षाको लागि पनि विशेष ध्यान दिंदै अाएको छ । त्यसको एक ज्वलन्त उदाहरणको रूपमा स्व. बिष्णु घिमिरेको परिवारलाइ  गरेको सहयोगलाइ लिन सकिन्छ ।

वार्षिक छुट्टीमा नेपाल मै रहेका समाजका उपाध्यक्ष रामजी अधिकारी, सल्लाहकार अर्जुन बस्नेत , सल्लाहकार शिब लिम्बु र सल्लाहकार श्याम ढकाल लगायतको रोहोवारमा खोलिएको बैक खाताको सम्पूर्ण कागजपत्र हिँजो २३ जनावरी २०१९ बुधबारका दिन स्व. घिमिरेकै निवासमा स्व. घिमिरेको श्रीमती कै हातमा वडा अध्यक्ष कर्ण बहादुर थापाको उपस्तिथिमा हस्तान्तरण गरिएको कुरा झापाली समाज कुवेतले जानकारी दिएको छ । स्वर्गीय बिष्णु घिमिरेको परिवारमा अामा, श्रीमती र एक छोरा रहेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

मानाडो - इन्डोनेसियाको सुलावेसी टापुबाट आइतबार सयौं मानिसहरू बोकेको एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले…

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद…

प्रतिकृयाहरू
...