Sunday 6th September 2026

काठमाडौंमा २१२ जनामा स्वाइन फ्लु, स्वास्थ्यकर्मी नै उपचार गर्न डराउदै


तीतोपाटी-काठमाडौँमा स्वाइन फ्लुको संक्रमण बढेको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार पछिल्लो एक महिना (पुस १७ देखि माघ ८ सम्म)मा २१२ जनामा स्वाइन फ्लु देखिएको छ।

‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’का २१२ जना बिरामी अस्पतालमा भर्ना भएका हुन्। ओम अस्पतालको आइसियुमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ।

अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए । स्वाइन फ्लुबाट बच्ने सही प्रबन्ध नहुँदा स्वास्थ्यकर्मीहरु नै बिरामीको उपचार गर्न डराउन थालेका छन्। यो खबर आवजको नयाँ पत्रिका दैनिकमा छ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

इजिप्टको कायरोस्थित फौजदारी अदालतले चर्चित टेलिभिजन प्रस्तोता तथा निर्माता सारा खलिफासहित १२ जनालाई मृत्युदण्ड सुनाएको छ। उनीहरूलाई लागुऔषध उत्पादन तथा…

प्रतिकृयाहरू
...