Wednesday 26th August 2026

ब्ल्याक सीमा ग्याँस ट्यांकर बोकेको पानीजहाजमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु


तितोपाटी – क्रिमियाको तटीय क्षेत्रमा ग्यास टयांकर बोकेको पानीजहाजमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ५ जना हराइरहेको अधिकारीहरुले जनाएका छन् । तान्जानियाको झण्डासहितको ग्यास टयांकरयुक्त पानीजहाज ब्ल्याक सीमा दुर्घटनामा परेको हो । रूसी अधिकारीले १४ जनालाई उद्धार गरेको जनाएका छन् । बेपत्ता ५ जनाको खोजी भइरहेको बताइएको थियो ।

रूसको संघीय जल यातायात निकायका प्रवक्ता अलेक्सी क्राभचेन्कोले ११ जनाको शव समुद्रबाट निकालिएको बताए । उनले उद्धारकर्मीहरुले अन्य ३ को शव देखेको बताएको जनाए । क्यान्डी र मइस्ट्रो नामका दुई पानीजहाजमा चालक दलका सदस्य तथा भारत र टर्कीका नागरिकहरु रहेको बताइएको छ । क्यान्डीमा १७ तथा मइस्ट्रोमा १४ जना चालक दलका सदस्य थिए ।

एक जहाजबाट अर्कोमा तेल भर्ने क्रममा अचानक आगो लागेको बीबीसीले जनाएको छ । आगलागी सुरु हुनासाथ चालक दलका सदस्यहरु पानीमा हामफालेका थिए । क्राभचेन्कोले खोज तथा उद्धार कार्य जारी रहेको बताए । दुर्घटना ब्ल्याक सीको कर्च स्ट्रेट नजिक भएको हो । उक्त स्थान गत वर्षदेखि रूस र युक्रेनको विवादको केन्द्रमा रहेको छ । गत नोभेम्बरमा रूसले कर्च स्ट्रेटमा ३ युक्रेनी नौसैनिक जहाजमाथि जहाज आक्रमण गरी नियन्त्रणमा लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...