Wednesday 26th August 2026

अमेरिकामा भारतीय मुलकी अस्वेत नागरिक कमला ह्यारिसले पनि राष्ट्रपति पदका लागि उम्मेदवारी दिइन


तितोपाटी – अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन। अमेरिकाको अन्त्यधिक जनसंख्या भएको क्यालिफोर्निया राज्यमा उनी कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन्। उनी भारतीय तामिल समुदायकी छोरी हुन।

अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उनले बताएकी छिन्। सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उनले उम्मेदवारी घोषणा गरेकाे समाचारमा जनाइएको छ।

सन फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि रहिसकेकी उनी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन। त्यो कार्यकाल उनको २०११ देखि २०१७ सम्म थियो। अमेरिकाको इतिहासमा उनी दोस्रो अश्वेत महिला सिनेटर हुन। पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन थिइन।

अमेरिकामा झण्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ। त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ। एएफपी


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...