Friday 19th April 2024

अफगानिस्तानमा तालीबानले गरेको हमलामा परि कम्तिमा ४५ जनाको मृत्यु


तितोपाटी – अफगानिस्तानमा सोमबारको तालिबानी हमलामा परी कम्तिमा ४५ जनाको ज्यान गएको अधिकारीहरुले वताएका छन्। अफगानिस्तानको पूर्वी प्रान्तस्थित सैनिक क्याम्प नजिकै भएको उक्त हमलामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक जवान रहेको उनीहरुले पुष्टि गरेका छन्।

मृत्यु हुनेहरुको संख्या बढ्दै गएकोले यहाँको स्थिति चिन्ताजनक र डरलाग्दो रहेको मेडन वर्दक प्रान्तका काउन्सील सदस्य खवानिन् सुल्तानले अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई भनेका छन्। मेडन वर्दक प्रान्त काबुलभन्दा ठिक बाहिर रहेको र जहाँ सरकार समर्थित सैनिकहरुको तालिम केन्द्र समेत रहेको छ।

सुल्तानीका अनुसार आत्मघाती हमलाकारीहरु समानहरुले भरिभराउ भएको सवारीलाई जबरजस्ती बिल्डिङभित्र छिराएका थिए। त्यसको लगत्तै चार जना हमलाकरीले गोली अन्धाधुन्द गोली चलाएका थिए। गोली चलाउने सवै मारिएको अफगानी अधिकारीहरुले जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...