Thursday 5th March 2026

उद्देश्य समाज सेवा ! काम गाना ,बजाना अनि खाना !


राज मल्ल – कुवेतको अदान अस्पताल । यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह , श्रमसहचारी ज्ञानेन्द्र शर्मा , यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै सिन्धुपाल्चोक सेवा समाजका महासचिव राज श्रेष्ठ सहित उक्त अस्पतालमा रहेका नेपाली बिरामीहरुको अवस्थावारे जानकारी लिने अवसर जुर्यो ।

हुन त कुवेत बसाईले दशक पार गर्दै गर्दा अदान अस्पताल मेरो लागि पानी पंधेरो जस्तै भैसकेको छ । माहबुल्लाबाट नजिक भएर पनि होला कहिल्यै आफै बिरामी त कहिल्यै यस्तै कामकाजले अस्पताल जाने गरेको छु । सुन्दा अच्चम लाग्न सक्छ केही मिनेटको लागी भुलवस मेरो मृत्यु दर्ता भएको अस्पताल हो यो । दर्जन भन्दा बढ़ी इलिगल अवस्थामा भर्ना भएका र कम्पनिले नहेरेका नेपालीहरुलाइ डिस्चार्ज गर्न अनेक उपाय अपनाउनु परेको अनुभव छ । कहिले बैसाखी बोकेर त कहिले बिरामी प्रति चासो देखाउने सामाजिक अभियन्ता सहित पुगियो । हिजो पहिलो पटक दूतावासका प्रतिनिधी सहित पुग्दाको अनुभव भने केही पृथक रह्यो ।

पछिल्लो समय सामाजिक सन्जालमा आउने घटनाक्रमलाई सबैले पछ्याउदै आएको छौ । सन्जालमा आएपछि सामाजिक संघ संस्था , अभियन्ता लगायत मिडियाको ध्यानाकर्षण हुने गर्छ र अस्पतालको हकमा पनि हामीले हिडेको बाटो यहि हो । सड़क दुर्घटना होस या अन्य कुनै रोग ब्याथाले अस्पताल भर्ना भएकोहोस , जो बोल्न सक्छ , जस्को बोलिदिने कोही छ हो उतै तिर मात्र हाम्रो ध्यान केन्द्रित हुने गर्छ तर बिड्म्बना समाजमा नआएका , भनौ जो बोल्न नसक्ने अवस्थामा अस्पतालमा छन अनि जस्को बोलिदिने कोही छैन उनीहरु नै महिनौ बर्षौदेखि अस्पतालको सइयामा छट्पाटाई रहेको पाइयो ।

अस्पतालमा घुम्दै गर्दा तृतीय सचिब मनोज सिंहले भने, “२०१८ भित्रमा यस्ता धेरै अस्पतालका केशहरु आए जो समाजमा नगन्य मात्रमा मात्र बाहिर आए । ति केशहरुलाई हामीले सक्दो समाधान गर्दै आएका छौ भने गर्ने क्रम पनि निरन्तर चलिहेको छ। दूतावासको काम कारवाही प्रति असंतुष्ट पक्षलाइ म के भन्न चाहान्छु भने कुवेतमा नेपाली श्रमिकहरुको अस्पताल लगायत अन्य क्षेत्रको विवरण माग्नुहोस हामी सँग सुरक्षित छ”।

गत शुक्रवार माहबुल्ला एरियामा सड़क दुर्घटनामा परेकी अस्मिता घले र ७ जनवरी २०१७ मा सड़क दुर्घटनामा परेका भागिरथ चापागाई सहित अन्य दुइ जना नेपाली महिला अस्पतालमा उपचारको क्रममा रहेको पाइयो ।

अस्मिता घलेको स्वास्थमा सुधार आइसकेको छ भने भागिरथको वारेमा विगत देखिकै अक्सिजनको समस्या यथावत नै छ तर भागिरथको लागि पछिल्लो समय नेपालको परराष्ट्र मन्त्रालय र कुवेतको स्वास्थ्य मंत्रालयले गम्भीरताका साथ काम कार्बाही अगाडी बढाएको पाइएको छ । एरएम्बुलेन्सका लागी ५२ लाख लाग्ने हुदा अझ चुनौती बनेको केशलाई परराष्ट्र सहित सम्बन्धीत निकायले कसरी समाधान गर्छ आउने दिनले बताउला ।

घरेलु महिला कामदारको रुपमा कुवेत आई इलिगल भई काम गर्दै गर्दा प्यारालाइसिसले सिकिस्त अवस्थामा अस्पताल भर्ना भएकी बुर्तिबाङ -१ बाग्लुङकी हिरा दमाईको अवस्था अझै नाज़ुक छ । बोल्न सम्म नसक्ने हिरा ४ महिनादेखि अस्पतालमा रहेकी छन भने स्वास्थ्यमा कुनै असर देखिएको छैन। हातको इसारामा आखा भरि आशु पार्दै बोल्न खोज्ने हिरा को न परिवारवाट खोजी भएको छ न कोही आफन्त सम्पर्कमा आएको छ ।

त्यसै गरि इलाम घर भई घरेलु महिला कामदारको रुपमा स्पोन्सरको घरमा काम गर्दा गर्दै मोटों आन्द्रामा प्वाल परेपछि अस्पताल भर्ना भएकी नरमाया बिष्ट महत icu मा रहेकी छिन । २३ डिस्म्बरमा उपाचारको लागि भर्ना भएकी नरमायाको स्वास्थमा कहिले सुधार आउने हो केही पत्तो छैन ।

उता विगत झन्डै एक महिना देखि ब्रेन ट्युमर जस्तो प्राणघातक रोग संग कुवेतको IBN-SINA हस्पिटलको शैयामा लडिरहेकी धादिङकी बुद्ध कुमारी राई गुरुङको अवस्था भने नाज़ुक नै छ ।
हामी सबैलाइ अवगत नै छ १ लाखको हाराहारीमा नेपालीको जनसंख्या रहेको यस कुवेतमा संघ संस्था मात्र ७० भन्दा माथि छन । जुनसुकै नाम दिएर खोलिएका भए पनि प्रवासका सबै संघ संस्थाहरुको उद्देश्य एउटै हो “समाज सेवा “ । छिटफुट मात्रामा केही संघ सस्थाले बोले बमजिम मानविय र समाजिक सेवाका कार्यमा ध्यान दिए पनि प्राय संघ संस्था भने खाना, गाना र बजाना तिरै बढ़ी केन्द्रित भएको पाइन्छ । यहाँ सम्मकी नितान्त श्रमिकहरुकै हक़ र हितको लागी खोलिएका संघ संस्थाका प्रतिनिधि पनि प्रेत्यक शुक्रवारे कार्यक्रम समारोहमा सहभागी हुन तल्लिन देखिन्छ भने मिडियाकर्मी चाहिँ लाइभ र हातमा क्यामेरा बोकेर फोटो खिच्दै अघी पछि ।

समाजमा राजनीतिक ,सामाजिक, सांस्कृतिक गतिबिधी हुनु अनिवार्य छ । साथै दुःखित ,पीडित श्रमिकहरुको सहयोग पनि अपरिहार्य नै हुन आउँछ । तसर्थ समाजमा कृयाशिल सवै संघ संस्था तथा मिडियाकर्मी मिलेर कम्तिमा महिनाको एक पकट मात्रै भएपनि अस्पतालको निरीक्षणको कार्यक्रम तय गरि अगाडी बढ़्न सके दुःखी, पीडित असहाय श्रमिकहरूलाई केही राहत मिल्थ्यो की ?


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...