Saturday 5th September 2026

टीकापुर घटनाका आरोपी रेशम चाैधरीले संसदमा सपथ लिए


तितोपाटी – टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज संसदका रुपमा सपथग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले उनलाई सपथ गराएका हुन्। सपथसँग सभामुख महराले चाैधरीलाई संसदकाे लागाेसमेत उपलब्ध गराएका छन्।

यसअघि हिँजै विहान ११ः३०मा सपथ गराउने भनिएकामा संसद अधिवेशनको समय जुधेको भन्दै ३ बजेका लागि सारिएको थियो। जेलको कानुनी प्रकृया पुरा नभएको कारण पनि ३ बजेका लागि सारिएको थियो। डिल्लीबजार कारागारमा बन्दीका रुपमा रहेका उनलाई सपथका लागि जेलबाट सिंहदरबार लगिएको थियो।

चौधरीलाई कारगारबाट निकाल्दा उनको स्वागतका लागि श्रीमती रन्जिता चौधरी श्रेष्ठ, आफन्तजन र राजपाका कार्यकर्ताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । चौधरीले निर्वाचित भएको प्रमाणपत्र समेत पाएका छन् ।

यसअघि उनले संसदको प्रमाणपत्र पाएका थिएनन् । प्रमाणपत्रका लागि उनकी श्रीमती रञ्जिताले बारम्बार आयोगमा दबाब दिँदै आएकी थिइन् । प्रमाणपत्र लिनका लागि उनले अदालतमा मुद्दा समेत दायर गरेका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए ।

राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई चौधरीको सपथका लागि दवाव दिँदै आएको थियो । सोही दवावका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।…

नेपालमा पछिल्लो बाढी तथा पहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका र केही शव तथा मानव अवशेष क्षतविक्षत अवस्थामा फेला परेका…

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

प्रतिकृयाहरू
...