Saturday 5th September 2026

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग


तीतोपाटी-राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको हो।

केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भातृ संगठनका अध्यक्ष र महासचिवको सहभागिता रहेको बैठकले विभिन्न विषयमा ६ वटा निर्णय गरेको छ। साथै फागुन ७ गतेदेखि सञ्चालन हुने हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनलाई प्रभावकारी बनाउन रणनीतिक छलफल पनि गरेको छ।

हिन्दुराष्ट्र पुनस्थापना लगायतका मागहरु राखेर पार्टीले फाल्गुन ७ बाट शुरु गर्ने जनसंघर्षको सन्दर्भमा फागुन ७ गते काठमाडौं उपत्यकामा संघीय सरकार, प्रदेश राजधानीमा प्रदेश सरकार तथा जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमा हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका मागहरु सहितको ज्ञापनपत्र दिने, ज्ञापनपत्रमा उल्लेख भएका मागहरु पुरा गर्न सरकारलाई फाल्गुन मसान्तसम्मको अल्टिमेटम दिने लगायत रहेका छन्।


सम्बन्धित शीर्षकहरु

जन-जागृति युवा समाज कुवेतले नेपालमा हालै आएको विनाशकारी विपत्तिबाट प्रभावित भोटेकोशी क्षेत्रका बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।…

नेपालमा पछिल्लो बाढी तथा पहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका र केही शव तथा मानव अवशेष क्षतविक्षत अवस्थामा फेला परेका…

प्रतिकृयाहरू
...