Friday 4th September 2026

पुर्व प्रधानमन्त्री डा. तुलशी गिरीको ९३ वर्षको उमेरमा अाज निधन


तितोपाटी – पूर्व प्रधानमन्त्री एवं मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको अाज मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ। कलेजोको क्यान्सरबाट पीडित गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। कलेजोको क्यान्सरले पीडित उनी केही दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट घर लगिएको थियो। नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्रीसम्म भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

सिराहमा जन्मिएका गिरीले सुरुवाती राजनीति नेपाली कांग्रेसबाट गरेका थिए। उनी नेपाली कांग्रेसको महामन्त्री पनि भएका थिए। २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि भने पञ्चायती व्यवस्थाका कट्टर सर्मथकका रुपमा अगाडि आए। बीपी कोइरालाका आलोचक रहेकै कारण राजा महेन्द्रको विश्वास जितेर पञ्चायतकालमा उनी प्रधानमन्त्री भएका थिए। नेपालमा राजा विरेन्द्रको पालामा बहुदल आएसँगै उनी देश छाडेर श्रीलंका गएर बसोबास गर्न थालेका थिए।

उनले क्रिश्चियन धर्म अंगालेकाले पनि श्रीलंका र भारतमा केही समय बिताएको पनि भन्ने गरिन्छ। २०५९ सालमा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम घोषणा गरी प्रधानमन्त्रीबाट हटाएर सत्ता आफ्नो हातमा लिएपछि ज्ञानेन्द्रकै आग्रहमा उनले नेपाल फर्किएर किर्तिनिधि विष्टसँग मिलि मन्त्रीपरिषदको उपध्यक्षको जिम्मेवारी लिएका थिए।

सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...