Monday 26th October 2026

पुनः विवाह गर्दै बलिवुड हट क्वीन राखी


तितोपाटी – सीधा कुरा प्रस्ट विचार । बलिउडकी हट एन्ड सेक्सी अभिनेत्री राखी यस्तै स्वभावकी छिन् । सेक्सका विषयमा प्रश्न सोध्ने हो भने उनी खुलेरै जवाफ दिन्छिन्, हो म भर्जिन छैन तर दुई वर्षदेखि सेक्स गरेकी छैन । उनै राखीले पुनः विवाह गर्दैछिन् भन्ने समाचार भारतीय मिडियामा अाइरहेको छ ।

 मिटुको विषयमा पनि उनी स्पष्ट छिन्— अभिनय गर्दा पुरुषबाट धेरै पटक छोइन्छ, यसलाई दुर्व्यवहार भन्नु हुँदैन । कसैले हिरोइनलाई पूजा गरेर राख्न लाखौं खर्चिंदैन । प्रेमको विषयमा पनि उनको विचार प्रस्ट छ— यो सामान्य कुरा हो, प्रेममा नपर्ने त कुरै भएन नि !

खुला दिलकी यी बलिउड सेन्सेसनल अब फेरि एकपटक विवाह बन्धनमा बाँधिन लागेको बताइन्छ । भारतीय मिडियाको भनाइ मान्ने हो भने राखीले यही डिसेम्बर ३१ मा अमेरिकामा विवाह गर्दैछिन् ।

उनले दीपक कलालसँग विवाह गर्न लागेको बताइएको छ । आफ्नो विवाहको पुष्टि गर्दै दुलाहा–दुलही दुवैले आ–आफ्नो सामाजिक सञ्जालबाट निमन्त्रणा कार्डसमेत सेयर गरिसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...