Thursday 1st October 2026

रविले दिए सबैकाे मन छुने सन्देश


तीतोपाटी- नेपाल अाइडलकाे टप ४ मा पुगेका रवि अाेड केहि दिनकाे अाफ्नाे ग्रृह नगरकाे बसाइ सकेर काठमांडाै फर्किसकेका छन । ३ दिनकाे गेृहनगरकाे बसाइमा रविले अाफ्ना अाफन्त, शुभचिन्तक तथा समर्थकहरूलाइ भेटघाट गर्नुका साथै बिभिन्न कार्यक्रममा समेत सहभागिता जनाउदै अाफ्नाे प्रस्तुति समेत दिएका थिए । अाफ्नाे ग्रृह क्षेत्रकाे माया बाेकेर काठमाण्डाै पुगेपछि उनले अाफ्ना सबै समर्थकहरूलाइ सम्बाेधन गर्दै सामाजिक संजाल फेसबुकमा स्टाटस राखेका छन । छाेटाे समयका कारण सबै ठाउमा रहेका अाफ्ना समर्थक शुभचिन्तकलाइ भेट्न नसकेकाेमा दुख ब्यक्त गर्दै रविले फेसबुकमा यस्ताे लेखेका छन ।

आदरणीय मेरा प्रियजनहरू, आफन्तहरू, देश विदेशमा रहेर मलाई माया गर्नुहुने मेरा शुभचिन्तकहरू, यहाँहरूलाई मेरो हार्दिक हार्दिक नमस्कार !

हजुरहरूको मायाले मलाई आज यस्तो बिन्दुमा ल्याइपुर्याएको छ कि मसँग त्यसको व्याख्या गर्नसक्ने कुनै शब्द नै छैन । म एउटा समान्य मान्छे, मलाई थाहा नै छैन म कहिलेदेखि संगीतप्रति मोहित भएको हुँ । तर, मलाई यति चाहिँ थाहा छ, म कुरा बुझ्ने हुँदा गीत गाउन सिकिरहेको थिएँ । हामी चार जनालाई नेपाल आइडलले केही महिनापछि आ–आफ्नो घरगाउँ पठाएर ठूलो उपकार गरेको छ । हामीले यति धेरै माया पाएका छौँ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ । यसको सम्पूर्ण श्रेय नेपाल आइडललाई जान्छ । पाँच महिना अगाडिसम्म काठमाडौं र आफ्नो जन्मथलो सुदूरपश्चिम ओहोरदोहोर गर्दा म एक्लै थिएँ । मलाई नेपाल आइडलले आफूसँग लगेर पाँच महिनासँगै राखिसकेपछि म साँच्चै अर्कै भएछु । यसका लागि मैले नेपाल आइडललाई जति धन्यवाद दिए पनि कम हुन्छ ।हामी चार जनालाई नेपाल आइडलले केही महिनापछि आ–आफ्नो घरगाउँ पठाएर ठूलो उपकार गरेको छ । हामीले यति धेरै माया पाएका छौँ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ । यसको सम्पूर्ण श्रेय नेपाल आइडललाई जान्छ ।

मैले मेरो गृह जिल्ला सुदूरपश्चिम मा पाइला टेक्दा पहिलोपल्ट महसुस गरेँ साँच्चै जनताको माया कस्तो हुँदोरहेछ जसले अहोरात्र खटेर मलाई टप १२ बाट ‘टप ४’ मा ल्याउनुभयो उहाँहरूको मायाको बदलामा म के दिउँ ?साँच्चै संगीतको जात, धर्म, भाषा, सिमाना नहुँदो रहेछ । म चाहन्थेँ अछाम, बझाङ, बैतडी, धरान, पुगौँ तर मसँग समय पटक्कै थिएन । मसँग समय थियो भने पोखरा, दाङ, सुर्खेत, जनकपुर, बिरगन्ज, चितवन, हेटौंडा सबैतिर पुग्थे । धनगढी, लम्की, तरिया, झलारी आदि ठाउँहरूमा मैले साह्रै थोरैबेर मात्र समय दिन पाएँ तर मेरो प्रतिक्षामा घण्टौँ चिसो सहेर बस्नुहुने मेरा तमाम प्रियजनहरूलाई म के दिउँ ? यो छोटो समयमा दशदश मिनेटको लागि म जहाँ जहाँ पुगेँ उहाँहरूले गर्नु भएको सभ्य व्यवस्थापन र लखौँको भिड जो नितान्त मेरा लागि थियो त्यो देखेर म पग्लिएँको छु । अझै पनि सम्झिएर भावुक भइरहेको छु । साँच्चै संगीतको जात, धर्म, भाषा, सिमाना नहुँदो रहेछ । म चाहन्थेँ अछाम, बझाङ, बैतडी, धरान, पुगौँ तर मसँग समय पटक्कै थिएन । मसँग समय थियो भने पोखरा, दाङ, सुर्खेत, जनकपुर, बिरगन्ज, चितवन, हेटौंडा सबैतिर पुग्थे ।ज्यान पुर्याउन नसके पनि देशका सबैठाउँमा मन पुर्याएको छु । विदेशका सम्पूर्ण शुभचिन्तकसँगै छ मेरो मन । तर म यहाँहरूलाई वचन दिन्छु, म यहाँहरूको माया सम्झेर आउने छु ।

म यतिखेर नेपाल आइडलको फाइनलमा छु । अब एक साताको लागि भोटिङ लाइन खुल्दैछ । मलाई यहाँहरुले धेरै दिइसक्नु भएको तर अब यो अन्तिम पटक हो । यहाँहरूले मलाई नेपालको दोस्रो नेपाल आइडल बनाउन अब हजुरहरू बाहेक अरु कसैले सक्दैन । त्यसैले यहाँहरूको शरणमा छु, अन्तिम एकचोटी हार्दिक हार्दिक अनुरोध गर्दछु ।

साभार आर्टिकल्स नेपाल


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...