Thursday 18th April 2024

रविले दिए सबैकाे मन छुने सन्देश


तीतोपाटी- नेपाल अाइडलकाे टप ४ मा पुगेका रवि अाेड केहि दिनकाे अाफ्नाे ग्रृह नगरकाे बसाइ सकेर काठमांडाै फर्किसकेका छन । ३ दिनकाे गेृहनगरकाे बसाइमा रविले अाफ्ना अाफन्त, शुभचिन्तक तथा समर्थकहरूलाइ भेटघाट गर्नुका साथै बिभिन्न कार्यक्रममा समेत सहभागिता जनाउदै अाफ्नाे प्रस्तुति समेत दिएका थिए । अाफ्नाे ग्रृह क्षेत्रकाे माया बाेकेर काठमाण्डाै पुगेपछि उनले अाफ्ना सबै समर्थकहरूलाइ सम्बाेधन गर्दै सामाजिक संजाल फेसबुकमा स्टाटस राखेका छन । छाेटाे समयका कारण सबै ठाउमा रहेका अाफ्ना समर्थक शुभचिन्तकलाइ भेट्न नसकेकाेमा दुख ब्यक्त गर्दै रविले फेसबुकमा यस्ताे लेखेका छन ।

आदरणीय मेरा प्रियजनहरू, आफन्तहरू, देश विदेशमा रहेर मलाई माया गर्नुहुने मेरा शुभचिन्तकहरू, यहाँहरूलाई मेरो हार्दिक हार्दिक नमस्कार !

हजुरहरूको मायाले मलाई आज यस्तो बिन्दुमा ल्याइपुर्याएको छ कि मसँग त्यसको व्याख्या गर्नसक्ने कुनै शब्द नै छैन । म एउटा समान्य मान्छे, मलाई थाहा नै छैन म कहिलेदेखि संगीतप्रति मोहित भएको हुँ । तर, मलाई यति चाहिँ थाहा छ, म कुरा बुझ्ने हुँदा गीत गाउन सिकिरहेको थिएँ । हामी चार जनालाई नेपाल आइडलले केही महिनापछि आ–आफ्नो घरगाउँ पठाएर ठूलो उपकार गरेको छ । हामीले यति धेरै माया पाएका छौँ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ । यसको सम्पूर्ण श्रेय नेपाल आइडललाई जान्छ । पाँच महिना अगाडिसम्म काठमाडौं र आफ्नो जन्मथलो सुदूरपश्चिम ओहोरदोहोर गर्दा म एक्लै थिएँ । मलाई नेपाल आइडलले आफूसँग लगेर पाँच महिनासँगै राखिसकेपछि म साँच्चै अर्कै भएछु । यसका लागि मैले नेपाल आइडललाई जति धन्यवाद दिए पनि कम हुन्छ ।हामी चार जनालाई नेपाल आइडलले केही महिनापछि आ–आफ्नो घरगाउँ पठाएर ठूलो उपकार गरेको छ । हामीले यति धेरै माया पाएका छौँ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ । यसको सम्पूर्ण श्रेय नेपाल आइडललाई जान्छ ।

मैले मेरो गृह जिल्ला सुदूरपश्चिम मा पाइला टेक्दा पहिलोपल्ट महसुस गरेँ साँच्चै जनताको माया कस्तो हुँदोरहेछ जसले अहोरात्र खटेर मलाई टप १२ बाट ‘टप ४’ मा ल्याउनुभयो उहाँहरूको मायाको बदलामा म के दिउँ ?साँच्चै संगीतको जात, धर्म, भाषा, सिमाना नहुँदो रहेछ । म चाहन्थेँ अछाम, बझाङ, बैतडी, धरान, पुगौँ तर मसँग समय पटक्कै थिएन । मसँग समय थियो भने पोखरा, दाङ, सुर्खेत, जनकपुर, बिरगन्ज, चितवन, हेटौंडा सबैतिर पुग्थे । धनगढी, लम्की, तरिया, झलारी आदि ठाउँहरूमा मैले साह्रै थोरैबेर मात्र समय दिन पाएँ तर मेरो प्रतिक्षामा घण्टौँ चिसो सहेर बस्नुहुने मेरा तमाम प्रियजनहरूलाई म के दिउँ ? यो छोटो समयमा दशदश मिनेटको लागि म जहाँ जहाँ पुगेँ उहाँहरूले गर्नु भएको सभ्य व्यवस्थापन र लखौँको भिड जो नितान्त मेरा लागि थियो त्यो देखेर म पग्लिएँको छु । अझै पनि सम्झिएर भावुक भइरहेको छु । साँच्चै संगीतको जात, धर्म, भाषा, सिमाना नहुँदो रहेछ । म चाहन्थेँ अछाम, बझाङ, बैतडी, धरान, पुगौँ तर मसँग समय पटक्कै थिएन । मसँग समय थियो भने पोखरा, दाङ, सुर्खेत, जनकपुर, बिरगन्ज, चितवन, हेटौंडा सबैतिर पुग्थे ।ज्यान पुर्याउन नसके पनि देशका सबैठाउँमा मन पुर्याएको छु । विदेशका सम्पूर्ण शुभचिन्तकसँगै छ मेरो मन । तर म यहाँहरूलाई वचन दिन्छु, म यहाँहरूको माया सम्झेर आउने छु ।

म यतिखेर नेपाल आइडलको फाइनलमा छु । अब एक साताको लागि भोटिङ लाइन खुल्दैछ । मलाई यहाँहरुले धेरै दिइसक्नु भएको तर अब यो अन्तिम पटक हो । यहाँहरूले मलाई नेपालको दोस्रो नेपाल आइडल बनाउन अब हजुरहरू बाहेक अरु कसैले सक्दैन । त्यसैले यहाँहरूको शरणमा छु, अन्तिम एकचोटी हार्दिक हार्दिक अनुरोध गर्दछु ।

साभार आर्टिकल्स नेपाल


सम्बन्धित शीर्षकहरु

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकानब्बेऔंमा…

एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपाल समुह चरणमा अग्रस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार…

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रको अध्ययन गर्नु छ यो देशले आफ्नो भू-भागको अध्ययन गर्नुपर्छ  लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै…

प्रतिकृयाहरू
...