Wednesday 7th October 2026

शिल्पी संघ नेपाल – कुवेतले २८ डिसेम्बर २०१८ मा अधिबेशन गर्ने


तितोपाटी – शिल्पी संघ नेपाल – कुवेतले २८ डिसेम्बर २०१८ मा कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन गर्ने भएको छ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दलित नाम बाट सम्बोधन गरिएका केही समुदायले दलित नाम प्रति बिमती जनाउदै प्रवास बाट नै दलित शब्द खारेज गर्ने अभियानमा लागेको शिल्पी संघ नेपाल – कुवेतका अगुवा बिकल्पले तितोपाटी लाई बताएका छन ।

समुदायमा व्याप्त रुपमा अझै पनि छुवाछूत जस्तो जघन्य अपराध कायम रहेको र शिल्पी समुदाय बिच पनि केहि ठाउँमा अझैसम्म छुवाछूत तथा विभेद रहेको हुँदा उक्त छुवाछूत तथा विभेद विरुद्ध पनि अहम् भुमिका खेल्ने बताएका छन । राज्यले शिल्पी समुदायलाई सम्मानजनक पहिचान, राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्वको अधिकार ग्यारेन्टी गर्नु पर्ने, संविधान सभा द्वारा जारी संविधानमा पूर्ववत् दलित शब्द कायम राखी मानवताको कलंक जातीय भेद भेदभाव लाई निरन्तरता दिदै शोषण र दमन गर्ने प्रवृत्ति हटाउनु पर्ने र दलित शब्दको विकल्पमा शिल्पी शब्द राख्न दबाब दिने बताएका छन ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको अधिबेशन समारोहमा उपस्थित हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको छ ।

स्थान :- पपिन्स हल जिलिब,कुवेत

मिति :- २८ डिसेम्बर २०१८ (शुक्रबार )

समय :- बिहानको ठिक १०:३० बजे

थप जानकारीको लागि :
कार्यक्रम संयोजक – गोपाल गदाइली (६६५४२५१०) दिपेश नेपाली – ९८५१२०८६
सबिन लाम्गाडे – ९५५३०२७५
मुना गहतराज – ६६११९८४३
राम नेपाली – ९८१०३८९१
करन गोतामे – ६६०११९७६
प्रसनता परियार – ६६९६९३४६
ज्ञान गजमेर – ५५७३४६२२


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...