Thursday 24th September 2026

मृत महिलाको गर्भाशय प्रयोग गरेर पनि बच्चा जन्मियो !


तितोपाटी – कुनै व्यक्तिको मृत्यु भएपछि उसका अंगलाई जिउँदा व्यक्तिहरुको शरिरमा प्रत्यारोपण गरिनु निकै सामान्य कुरा हो । तर मृत महिलाको गर्भाशय जिउँदो महिलामा प्रत्यारोपण गरिएको यो संसारकै पहिलो घटना हो । यतिमात्र होइन, यो गर्भाशय लिने महिलाले एक स्वस्थ छोरीलाई समेत जन्म दिएकी छिन् ।

ब्राजिलको साओ पालो शहरमा सन् २०१६ मा मृत महिलाको शरिरबाट गर्भाशय निकालेर अहिले आमा बनेकी महिलाको शरिरमा प्रत्यारोपण गरिएको थियो ।  १० घण्टासम्म चलेको उक्त प्रत्यारोपणपछि ती महिलाको प्रजनन क्षमताको पनि उपचार गरियो । यसअघि पनि मृत्यु भइसकेका महिलाको गर्भाशय प्रत्यारोपण गर्न कोसिस नगरिएको होइन तर सबै शल्यक्रिया कि त असफल भए  कि महिलाको गर्भपतन भयो ।

कसरी सफल भयो यो शल्यक्रिया ?

जुन महिलाको गर्भाशय लिइयो ती तीन सन्तानकी आमा थिइन् र उनको दिमागमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो । यस्तै, गर्भाशय पाउने महिला भने मेयेर–रोकिटान्स्की–होजर सिन्ड्रोमबाट पीडित थिइन् जुन हरेक साढे चार हजार महिलामध्ये एक महिलामा पाइन्छ ।

यस्तो रोग लागेका महिलाको योनी र गर्भाशय सही तरिकाले विकसित हुन पाउँदैन । तर, यी महिलाको ओभरी (अण्डाशय) भने ठिक थियो । डाक्टरले आमा बनेकी महिलाको शरिरबाट अण्डा निकालेपछि त्यसलाई पिता बन्ने व्यक्तिको शुक्रकिटसँग फर्टिलाइज (निषेचन) गराए ।

त्यसपछि महिलालाई यस्तो औषधी दिइयो जसले उनको रोग प्रतिरोधी क्षमतालाई कम गर्दथ्यो । रोग प्रतिरोधी क्षमता राम्रो हुँदा उनको गर्भाशय शरिरमा राम्रो तरिकाले व्यवस्थित गराउन बाधा उत्पन्न हुनसक्थ्यो ।

त्यसको ६ हप्तापछि महिलाको महिनावारी सुरु भयो । त्यसपछि सात महिनापछि फर्टिलाइज्ड अण्डालाई महिलाको गर्भाशयमा राखियो । र सन् २०१७ डिसेम्बर १५ तारिखमा गर्भाशय पाउने महिलाले शल्यक्रियामार्फत २.६ किलोग्रामकी स्वस्थ बालिकालाई जन्म दिइन् ।

लण्डनस्थित इन्पेरियल कलेजसँग सम्बन्धित डा. सरदजान सासोले यो उपलब्धि निकै उत्साहजनक भएको बताए । उनी भन्छन्, ‘यसपछि अब सम्भावित दानकर्ताको संख्या बढनेछ र यसमा खर्च पनि कम हुनेछ । यसले जीवित व्यक्तिको गर्भाशय प्रत्यारोपणको क्रममा आउने जोखिमबाट बचाउन सहयोग गर्नेछ । ’


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...