Thursday 25th April 2024

गजल


गजल
भुकम्प पछिको जाडो टहरामै छ,
कुच्चेको थोत्रो भाँडो टहरामै छ ।

उठाउनु छ धरहरा बनाउनु छ घरहरु,
शुरुवात गरौ न चाँडो टहरामै छ ।

खै चण्डमुण्डले पनि देखेनन क्यारे, मुटु लगे उसको त्यो राँडो टहरामै छ।

त्यो बेहाल दृश्य बिछोडको त्यो पिडा,
चसक्क मुटु घोच्ने काँडो टहरामै छ ।

न मर्न सक्छ न बाच्ने रहर नै उसको,
त्यो जिन्दगानी भो घाँडो टहरामै छ ।

@माधव पौडेल “अशल यात्री”कुवेत


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...