Thursday 8th October 2026

गजल


गजल
भुकम्प पछिको जाडो टहरामै छ,
कुच्चेको थोत्रो भाँडो टहरामै छ ।

उठाउनु छ धरहरा बनाउनु छ घरहरु,
शुरुवात गरौ न चाँडो टहरामै छ ।

खै चण्डमुण्डले पनि देखेनन क्यारे, मुटु लगे उसको त्यो राँडो टहरामै छ।

त्यो बेहाल दृश्य बिछोडको त्यो पिडा,
चसक्क मुटु घोच्ने काँडो टहरामै छ ।

न मर्न सक्छ न बाच्ने रहर नै उसको,
त्यो जिन्दगानी भो घाँडो टहरामै छ ।

@माधव पौडेल “अशल यात्री”कुवेत


सम्बन्धित शीर्षकहरु

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १०…

प्रतिकृयाहरू
...